स्टार हस्पिटलले आयोजना गर्यो मधुमेह सम्बन्धी अन्तक्र्रिया



Download our app to get more features

काठमाडौँ, कात्तिक २५ । विश्व मधुमेह दिवसको पूर्वसन्ध्यामा “मधुमेह र यसबाट हुने जोखिम” विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

स्टार हस्पिटलले विश्व मधुमेह दिवसको अवसरमा नेपाल भिटोरो रेटिना सोसाईटीको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रममा युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार के.सी.ले नेपालमा मधुमेह रोग निकै नै तिव्र गतिले बढिरहेकोले जनचेतनामुलक कार्यक्रमको खाँचो भएको भन्दै स्टार हस्पिटललाई यस्ता कार्यक्रम आगामी दिनमा पनि सञ्चालन गर्न आग्रह गरे ।

यस्तै अस्पतालका अध्यक्ष इन्जिनियर वसन्त चन्द्र मरहट्टाले स्टार हस्पिटल नेपालकै नमुना अस्पतालको रुपमा अघि बढिरहेको जानकारी दिदै अस्पतालले आगामी दिनमा आफ्ना सेवा सुविधालाई उच्चस्तरी बनाउनका लागि वरिष्ठ तथा अनुभवी चिकित्सकीय सेवा, अत्याधुनिक उपकरणद्वारा घरायसी वातावरणमा निदानात्मक उपचार प्रदान गरिरहेको बताए ।

अध्यक्ष मरहट्टाले यस्ता कार्यक्रमरु अस्पतालले नियमित रुपमा गर्दै आम जनतालाई स्वास्थ्य सेवा सम्बन्धि चेतना अभिवृद्धि गर्ने कार्यमा निरन्तर लागिरहने प्रतिबद्धता पनि व्यक्त गरे ।

३ सय ५० जना सहभागि उक्त कार्यक्रममा मधुमेह रोग विशेषज्ञ डा.अजय प्रधान, डा. एली प्रधान, आँखा रोग विशेषज्ञ डा.सन्यम बजिमय, नेफ्रोलोजिस्ट डा.अनिल पोखरेल र मुटुरोग विशेषज्ञ डा. प्रकाश रेग्मीले मधुमेह र त्यसबाट हुने क्षतिका बारेमा प्रकाश पारेका थिए ।

Last modified on 2017-11-11 16:14:25

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts