डाक्टर्स सोसाइटीले गर्यो चिकित्सा शिक्षा विधेयकको स्वागत



Download our app to get more features

काठमाडौँ, २५ कात्तिक । चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि डाक्टर्स सोसाइटी अफ नेपालले स्वागत गरेको छ ।

स्वास्थ्य क्षेत्रमा सुधार तथा पारदर्शिता र सुशासन व्यवस्था गर्नका लागि लामो समयदेखि अनवरत रुपमा लढ्दै १३ पटक सम्म आफ्नो प्राणको बाजी थापेर जनताको लागी लडेका प्रा.डा.गोबिन्द के.सी. को माग चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेको भन्दै डाक्टर्स सोसाईटीले विज्ञप्ती जारी गर्दै स्वागत गरेको हो ।

साथै, अध्यादेशका लागि डाक्टर्स सोसाईटीले राष्ट्रपति र प्रधानमन्त्रीलाई धन्यवाद पनि ज्ञापन गरेको छ । 

सरकारको उक्त कदमले नेपालको संविधानले दिएको मौलिक अधीकार स्वास्थ्य र शिक्षालाई गुणस्तरीय एवं सर्वशुलभ बनाई सम्पूर्ण नेपाली जनताको पहुँचमा पुर्याउने व्यवस्था भएको उक्त चिकित्शा शिक्षा अध्यादेश समग्र ३ करोड नेपाली जनताको जित भएको भन्दै सोसाईटीकी महासचिव डा. तोसिमा कार्कीले सम्पूर्ण नेपालीलाई पनि बधाई दिएकी छिन् । 

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts