पाँचजना डाक्टर जो सांसदको चुनावमा होमिएका छन्...



Download our app to get more features

देश संघीयतामा गइसकेपछि पहिलो पटक प्रदेशसभा र प्रतिनिधिसभा चुनाव हुँदैछ । चुनावका लागि विभिन्न राजनीतिक दलका नेताहरु सक्रिय रुपमा आआफ्नो क्षेत्रबाट लड्नका लागि व्यापकप्रचार प्रसारमा जुटेका छन् । उक्त चुनावका लागि विभिन्न डाक्टर नेताहरु दिनरात कसरतामा जुटेका छन् । मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि कुन दलका कुन मेडिकल डाक्टहरु चुनावमा लड्दै छन् त ?

डा. शशांक कोइराला
आँखा रोग विशेषज्ञ
डा.शशाकं कोइराला नेपाली कांग्रेसका महामन्त्री हुन् । पेशाले आँखा रोग विशेषज्ञ डा.कोइराला पछिल्लो समय राजनीतिमा सक्रिय रुपले लागेका छन् । मोरगंमा जन्मेका डा.कोइराला नवलपरासी १ बाट आगामी प्रतिनिधिसभा चुनावमा लड्दै छन् ।

डा. शेखर कोइराला
जनरल फिजिसियन
डा. शेखर कोइराला नेपाली कांग्रेसका नेता हुन् । पेशाले फिजिशियन डा.कोइराला आगामी प्रतिनिधिसभा चुनावका लागि प्रदेश नम्बर १ को मोरगं जिल्लाबाट लड्दै छन् । भारतबाट आफ्नो चिकित्सा शास्त्रमा अध्ययन पुरा गरेका डा.कोइरालाले वीर अस्पताल, कोसी अञ्चल अस्पताल र वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरिसकेका छन् । उनी वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका भूतपूर्व कन्सल्टेन्ट पनि हुन् ।

डा. वंशीधर मिश्र
जनरल फिजिसियन
डा.वंशीधर मिश्र नेकपाएमालेका नेताहुन् । महाराजगन्ज शिक्षण अस्पतालबाट चिकित्साशास्त्रअध्ययन गरेका जनरल फिजिसियन डा.मिश्र मनमोहन मेमोरियल मेडिकल शिक्षण अस्पतालका सदस्य हुन् । साथै नेपाल हेल्थ केयर को अपरेटिभ लिमिटेडका इन्चार्ज पनि हुन् । डा.मिश्र आगामी प्रतिनिधिसभा चुनावमा रौतहट क्षेत्र नम्बर ४ बाट लड्दै छन् ।

डा. रामकुमार अधिकारी
डा.रामकुमार अधिकारी धादिङबाट चुनावी प्रतिस्पर्धामा छन् । नेकपा एमालेका नेता अधिकारीले आगामी प्रदेशसभा चुनावका लागि धादिङ २ (क) बाट उम्मेदवारी दिएका छन् । त्रिवि शिक्षण अस्पतालबाट पब्लिक हेल्थ विषय लिएर अध्ययन गरेका डा. अधिकारी नेपाल हेल्थ केयर को अपरेटिभ लिमिटेडका प्रबन्ध निर्देशक हुन् । 

डा. विनोद कर्ण
प्लाष्टिक सर्जन
नेपालगन्जका प्लास्टिक सर्जन डा.विनोद कर्ण पनि चुनावी मैदानमा छन् । चिकत्सकीय पेशा सँगसँगै सामाजिक कार्यमा पनि जुटेका डा.कर्ण बाँके क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभाका लागि विवेकशिल साझा पार्टीका तर्फबाट चुनावी मैदानमा छन् । 

Last modified on 2017-11-12 17:02:23

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts