मधुमेहका रोगीले यसरी जोगाउने आँखा



Download our app to get more features

काठमाडौं, २८ कात्तिक । मधुमेहका बिरामी मध्ये २० देखि ३० प्रतिशतको आँखामा समस्या देखिने हुन्छ । नेपालको कुल जनसंख्याको १० प्रतिशतमा मधुमेह भएको र त्यस्ता बिरामी मध्ये २० देखि ३० प्रतिशतमा आँखाको समस्या हुने तिलगंगा आँखा प्रतिष्ठानका डा.संयम बजिमायाले बताए । मधुमेहको पहिलो चरणमै आँखामा समस्या नदेखिएपनि २० वर्षपछि केही न केही समस्या देखा पर्ने डा. बजिमायाले बताए । मधुमेहले आँखाको नानी पछाडीको नरम पर्दा (रेटिना) मा असर गर्छ र आँखाको हेर्ने शक्तिमा ह्रास हुन्छ । 

मधुमेहले मानिसलाई न्यून दृष्टि र अन्धो दुबै बनाउँछ । मधुमेह जनुसुकै उमेर समूहका मानिसलाई लाग्न सक्छ । मधुमेहले आँखाको पर्दामा पार्ने असरलाई डाइबिटिज रेटिनोप्याथी भनिन्छ । जसको कारणले दृष्टि गुम्न सक्छ । 
यो रोग कसरी पत्ता लगाउने ?
—दृष्टि क्षमता कम हँुदैगएमा ।
—आँखाको अगाडी कालो थोपा देखिएमा ।

रोगथाम कसरी गर्ने ?
—शरीरमा चिनीको मात्रा नियन्त्रण गर्ने
—दृष्टि बचाउने
—आँखामा सुई लगाउने
—लेजर 
—शल्यक्रिया गरेर
 

Last modified on 2017-11-14 13:37:50

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts