अफगानिस्तानमा मधुमेहका कारण वर्षेनी १९ हजार ७ सयको मृत्यु



Download our app to get more features

काबुल, ३० कात्तिक । अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले वर्षेनी १९ हजार ७ सय जनाको मृत्यु मधुमेह रोगका कारण हुने गरेको एक तथ्यांकले जनाएको छ । 

सन् २०१२ मा अन्तर्राष्ट्रिय मधुमेह महासंघले पत्ता लगाएको तथ्यांकमा अफगानिस्तानमा मात्रै मधुमेहका कारण १९ हजार ७ सय ७३ जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । 

मन्त्रालयले ८ लाख ४९ हजार जनालाई मधुमेह रोग लागेको पाइएको पनि जनाएको छ । मधुमेहका रोगी बढ्नुको कारण पत्ता लगाउने प्रयास भइरहेको मन्त्रालयको भनाई छ । 

नसर्ने रोगबाट मृत्यु हुनेहरूको संख्या धेरै भएकाले त्यसबारेमा आम नागरिकमा सचेतना अभिवृद्धि गर्नु अत्यावश्यक रहेको मन्त्रालयका अधिकारीहरूले बताएका छन् । 

अन्तर्रा्ष्ट्रिय मधुमेह महासंघ र विश्व स्वास्थ्य संगठनको पहलमा हरेक वर्षको नोभेम्बर १४ तारिखका दिन संसारभरी विश्व मधुमेह दिवस मनाउने गरिएको छ ।

रासस

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts