अचानक तौल घट्दैछ ? कक्याक्सिया हुनसक्छ



Download our app to get more features

क्षयरोग, एचआईभी एड्स, मुटु रोग, दम, मिर्गौला रागे, हाडजोर्नीका रोगीमा कक्याक्सियाको आशंका बढि हुन्छ । जबकी क्यान्सरको अन्तिम चरणमा रोगी यसको चपेटमा पर्न सक्छ । कारण रोगीको प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउनु हो । यो रोगमा शरीरमा प्रोटिन वा बोसो कम हुनाले तिव्र गतिमा तौल कम हुने र थोरै समयमा नै रोगी दुब्लाउन थाल्छ । किनकी उनको रोगसँग लड्ने क्षमता घट्दै जान्छ । 

सतर्कता अपनाउने 
यदि तपाईँको तौल एक वर्षमा ५ देखि १० प्रतिशत कम हुन्छ भने ढिलो नगरी डाक्टरसँग उपचार गराई हाल्नु पर्छ ।

उपचार
कक्याक्सियाको रोेगीको तौल कुन कारणले कम भएको छ पहिले त्यो पत्ता लगाइन्छ । त्यसपछि केही जाँचहरु गरिन्छ र रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि औषधि दिइन्छ । ताकि संक्रमणका कारकलाई कम गर्न सकियोस् । कक्याक्सियाको रोगीको स्थिति र केही प्रमुख लक्षणलाई हेरेपछि मात्र उपचार तय गरिन्छ । होमियोपैथिमा विशेषज्ञ लक्षणका आधारमा वाइक्रोम, लाइकोपोडिएम, कार्सिनोजिनम औषधि दिने गरिन्छ ।

कसरी गर्ने पहिचान
पहिलादेखि नै लागेको रोगको कारण शरीरमा पौष्टिक तत्वको कमि हुनु प्रमुख कारण हो । भोक न लाग्नु, कमजोरी वा थकान महसुस हुनु, कुनै काम गर्न मन नलाग्नु, उदासी हुनु, सर्दी लाग्नुका साथै रुघाखोकी हुनु, हात र खुट्टा पातलो हुँदै जानु, गह्रुँगो सामान उठाउन नसक्नु, लुगा अचानक खुकुलो हुनु रोगको लक्षण हो ।

कसरी गर्ने उपचार
कक्याक्सिया कास्न्य एक प्रकारको सुखने रोग हो । जसलाई आयुर्वेदमा अष्ट निन्दीत पुरुष पनि भनिन्छ । यसमा रोगीको उपचार आठ प्रकारकले अर्थात् नाडीको जाँच, मल मुत्रको रंग, जिब्रो, आँखा, शरीरको बनावट, स्पर्श व नगंको रंग देखेर गरिन्छ । क्यान्सर रोगीलाई यदि कक्याक्सिया छ भने औषधिको साथै उनका लागि पञ्चकर्म फाइदाजनक हुन्छ । यसमा रोगीको शरीरको कोषहरुलाई शक्ति प्रदान गर्नका लागि प्रकृति स्थापन, रसायन चिकित्सा, रोग नासिकी चिकित्सा र अध्यात्मिक चिकित्सा दिने गरिन्छ । औषधियुक्त तेलले मसाजगरिन्छ । साथै अश्वगन्धा, शतवारी, मधुयस्टि समेत अन्य प्रकारका औषधि पनि उपयोगी हुन्छ ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-03-12 07:12:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts