चिकित्सकमाथि हातपात गर्ने प्रहरी निरीक्षकलाई पदमुक्त गर्न माग



Download our app to get more features

काठमाडौं,१ मंसिर । इनरुवा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि ड्युटीमा रहेका प्रहरीले कुटपिट गरेको घटनाप्रति सरकारी चिकित्सक संघ नेपालले विरोध जनाएको छ ।

ड्युटीको समयमा मदिरा सेवन गरेर प्रहरीले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नु निन्दनीय भएको जनाउँदै संघले घटनामा दोषी देखिएका प्रहरी निरीक्षक सन्तोष पोखरेल माथि कारवाहीको माग गरेको छ ।  

स्वास्थ्यकर्मीमाथि पटक पटक आक्र्रमण हुनुले राज्यमा दण्डहिनताको चरम पराकाष्ठा नाघेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

राज्यले चिकित्सकलाई सामाजिक एवं पेशागत सुरक्षा दिन नसकेको स्थितिमा त्रसित वातावरणमा बिरामीलाई सेवा दिन जति प्रयास गरे पनि असम्भव भएको संघले जनाएको छ । यस्ता घटनाको रोकथाम गर्न 'गैर जमानती जेल चलान'को नियम फास्टट्याकबाट पारित गरी चिकित्सकहरूलाई निर्धक्क भई काम गर्ने वातावरण मिलाउनु पर्ने संघका अध्यक्ष डा.सुनिल पौड्यालले बताए।

आफन्तको मृत्यु भएपछि आक्रोशित हुँदै प्रहरी निरीक्षक पोखरेलले अस्पतालका चिकित्सक डा. तुसार झा, स्वास्थ्यकर्मी ओम गोहीवार यादवलगायत सातजना स्वास्थ्यकर्मी माथि दुब्र्यवहारमा उत्रेका थिए । 

सडक दुर्घटनामा  जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत नायब सुब्बा रामचन्द्र भट्टराईको घटनास्थलमै मृत्यु भएको थियो ।

Last modified on 2017-11-17 11:35:07

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts