नेपालमा ६० प्रतिशतको मृत्यु नसर्ने रोगबाट

What's This?


Download our app to get more features

जुम्ला, मंसिर l  कर्णालीको जुम्लामा पहिलोपटक नसर्ने रोगसम्बन्धी प्याकेज कार्यक्रमपेनआजबाट लागू भएको

यहाँका स्वास्थ्यकर्मी सरोकारवालाहरुलाई नसर्ने रोगसम्बन्धी आवश्यक जानकारी गराउने उद्देश्यले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखा टेकुको आयोजनामा जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम आज यहाँ गरिएको

पुनर्जागरण महाशाखाका जनस्वास्थ्य अधिकृत सुदीप आलेले विश्वमा ८० प्रतिशत मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको जानकारी दिनुभयो

सन् २०११ को तथ्यांकअनुसार नेपालमा ६० प्रतिशत मानिसको मृत्युका कारण नसर्ने रोग देखिएको ३० प्रतिशतको सर्ने रोग, सुत्केरी अवस्था, मातृस्वास्थ्य पोषणको अभावका कारण मृत्यु हुने गरेको भने १० प्रतिशतको मृत्युका कारण दुर्घटना भएको , उहाँले भन्नुभयो त्यसको रोकथामका लागि सरकारले मुलुकका ३० जिल्लामा यो कार्यक्रम लागू गरेको पनि उहाँले जानकारी दिनुभयो

डा. राजु गुरुङले नसर्ने रोगका प्रमुख कारण धूम्रपान, मद्यपान, निष्क्रिय जीवन अस्वस्थ खाना भएको उल्लेख गर्दै यिनको सेवनबाट मुटु तथा रक्तनली, दीर्घ श्वासप्रश्वास, मधुमेह क्यान्सरजस्ता डरलाग्दा नसर्ने रोग लागेर मान्छेको अकालमा ज्यान जाने गरेको बताउनुभयो

उहाँका अनुसार नेपालको कूल मृत्युदरमध्ये ६० प्रतिशतको नसर्ने रोगका कारण मृत्यु हुने गरेको । रासस

 

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts