प्रचण्डपुत्र प्रकाशको असामयिक मृत्यु, नर्भिक अस्पतालले गर्यो पुष्टि



Download our app to get more features

काठमाडौं, ३ मंसिर । माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको आज बिहान असामयिक मृत्यु भएको छ ।

नर्भिक अस्पतालका प्रेस संयोजक आर पी मैनालीका अनुसार बिहान साढे ५ बजे प्रकाशलाई नर्भिक अस्पताल पुर्याइएपनि डाक्टरहरुले तत्काल मृत घोषणा गरेका थिए । उनको मृत्यु कुन रोग वा कसरी भएको भन्ने बारेमा डाक्टरहरुले आफूलाई केही जानकारी नदिएको मैनालीले बताए ।

हृदयघातका कारण मृत्यु भएको भन्ने अपुष्ट समाचार बाहिर आएपनि अस्पतालले आधिकारिक पुष्टि गरेको छैन। छोराको अवस्था गम्भिर भएपछि झापामा रहेका बाबु प्रचण्ड हेलिकोप्टरमार्फत काठमाडौं आउँदै गरेको बताइएको छ ।

यो पनि पढ्नुहोस् 

डा. यादवदेव भट्ट भन्छन्ः दाहालको 'ब्राउट डेड' हो, हृदयघात भन्न मिल्दैन

दाहालकाे मृत्युपछि नर्भिकमा भिडमभीड

भिडियो हेर्नुहोस्:

 

Last modified on 2017-11-23 10:08:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts