दुई थोपा तेलको नियमित प्रयोगले बढाउँछ सुन्दरता

What's This?


Download our app to get more features

परापूर्व कालमा उपचारमा मात्रै होइन सुन्दर बन्न पनि आयुर्वेदिक उपाय नै अपनाउने गर्थे । कुनै साइडइफेक्ट पनि नहुने र घर वरपर नै आवश्यक सामाग्री पाइने हुँदा मानिसको पहिलो र अन्तिम रोजाइ आयुर्वेदिक हुने गथ्र्यो । प्राचीन समयमा मानिसले आफ्नो सुन्दरता बढाउन नाइटोमा विभिन्न जडिबुटिको रस प्रयोग गर्ने गर्थे । जसले अनुहारमा निखार आउँथ्यो । हुन त आजको समयमा पनि ती जडिबुटि पाइन्छन् तर, तिनीहरूको गुणको बारेमा कमैले मात्र थाहा पाएका छन । जानौं केही त्यस्ता उपायका बारेमा जुन राजघरानाका महिला मात्रै नभई पुरुषले पनि सुन्दर बन्न प्रयोग गर्थे ।

निमको तेल 
सबैभन्दा पहिले नाइटोमा निमको तेलको दुई थोपा राख्ने । निमको तेल तपाईंको नाइटोमा राख्नाले अनुहारमा जतिसुकै डन्डिफोर र दाग भए पनि हराएर जान्छ । 

गाईको घ्यू 
गाईको शुद्ध घ्यू नाइटोमा नियमित लागउँदा पनि अनुहार गोरो हुँदै जान्छ । साथै छाला मुलायम र ओठ पनि मुलायम हुँदै जान्छ । 

मह
यस्तंै दुई थोपा मह नियमित नाइटोमा राख्नाले फुस्रो छाला नरम भएर जान्छ । 

गुलाब जल
अनुहारमा भएका दाग र धब्बाहरू हटाउन नाइटोमा गुलाब जल राख्न सकिन्छ । यसले अनुहार सफा र चम्किलो हुनुका साथै दागबाट राहत प्राप्त हुन्छ । 

ओलिभ ओइल
अनुहारमा निखार्न चाहनुुु हुन्छ भने नाइटोमा दुई थोपा ओलिभ आयल राख्न सकिन्छ । 

बदामको तेल 
अनुहारमा निखार ल्याउन नाइटोमा दुई थोपा बादामको तेल राख्न सकिन्छ । साथै सरस्र्यूको तेल पनि नाइटोमा हाल्न सकिन्छ । यसले अनुहारमा निखारका साथै चम्किलो बनाउँछ । 

(एजेन्सी)

Last modified on 2018-07-31 07:43:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts