एचआइभी महिलामा बढी, एआरटी सेवा लिने पुरुष बढी



Download our app to get more features

काठमाडौं, ४ मंसिर । पुरुष भन्दा महिला एचआइभी संक्रमितको संख्या बढी भए पनि एआरटी सेवा लिनेमा भने पुरुष बढी रहेको एक अध्ययन तथ्यांकले देखाएको छ ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले उपलव्ध गराएको तथ्यांङ अनुसार नेपालभरमा एआरटी सेवा लिनेको संख्या १४ हजार पाँच सय ४४ जना छन् । तथ्यांक अनुसार ०७४ असारसम्म एआरटी सेवा लिनेमा पुरुषको संख्या बढी छ । ७ हजार ४ सय १९ जना पुरुषले एआरटी सेवा लिइरहेका छन् भने ७ हजार ७३ महिलाले मात्रै एआरटी सेवा लिइरहेका छन् । एआरटी सेवा सबै भन्दा बढी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लिएका छन् । देशको ७० ठाउँबाट एआरटी सेवा प्रदान भइरहेको केन्द्रले जनाएको छ । 

अन्य जिल्लामा भन्दा काठमाडौंमा एचआइभीका बिरामी धेरै रहेको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार ०७३-७४ मा काठमाडौमा पाँच सय ४५ जना एचआइभी संक्रमित थपिएका थिए । जसमा महिला तीन सय २० र पुरुष दुई सय २१ जना छन् । 

एकै वर्ष थपिए २२ सय २४ एचआइभी संक्रमित

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले उपलव्ध गराएको तीन वर्षको तथ्यांङ अनुसार आर्थिक बर्ष ०७३-७४ मा मात्रै २२ सय २४ एचआइभी सङ्क्रमित थपिएका थिए । यो ५२ जिल्लाको तथ्यांक हो । आर्थिक वर्ष ०७२-७३ मा दुई हजार एक सय ७५ जनामा देखिएको एचआइभी ०७१-७२ मा भने एक हजार चार सय ८० जनामा मात्रै देखिएको थियो । 

महिलामा बढी 

केन्द्रका अनुसार एचआइभी संक्रमित महिलाको संख्या पुरुषको भन्दा बढी छ । तीन वर्षको तथ्यांक हेर्दा यने संख्या बढ्दो क्रममा छ । तर, पुरुषको संख्यामा भने उत्तरचढाव आएको छ । आब ०७१÷७२ मा आठ सय ६४ संक्रमित रहेको संख्या अर्काे वर्ष भने एक हजार दुई सय ४७ पुगेको हो । त्यसैगरी आब ०७३-७४ मा एक हजार तीन सय आठ पुगेको तथ्यांकले देखाएको छ । 
यस्तै पुरुषको भने आब ०७१-७२ मा पाँच सय ९८ रहेको संख्या अर्काे वर्ष भने बढेर आठ सय ९५ पुगेको हो । तर ०७३-७४ मा पुग्दा अघिल्लो वर्षको तुलनामा यो संख्या घटेर आठ सय ७७ पुगेको छ ।  

यि जिल्लाहरुमा गरिएको थियो अध्ययन

अछाम, अर्गखाँची, बाग्लुङ, बैतडि, बझाङ, बाजुरा, बाँके, बारा, बर्दिया, भक्तपुर, चितवन, डडेलधुरा, दैलेख, दाङ, दार्चला, धादिङ, धनकुटा, धनुसा, डोटि, गोरखा, गुल्मी, झापा,जुम्ला, कैलाली, काठमाडौं, ललितपुर, महोत्तरी,मकावनपुर,मोरङ, नवलपरासि, नुवाकोट, पाल्पा, पाचथर, पर्सा, प्युठान, रैतहट, रोल्पा, रुपन्देही, सङखुवासभा, सप्तरी, सर्लाही, सुनसरी, सुर्खेत, तनहु, उदयपुर, स्याङजा

Last modified on 2017-11-21 07:58:37

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts