विभिन्न रोगबाट पाँचको मृत्यु

What's This?


Download our app to get more features

चितवन मंसिर । स्क्रब टाइफस, डेंगु चिकनगुनियाका कारण कात्तिक महिनामा मात्रै जिल्लामा पाँच जनाको मृत्यु भएको

यो सहित चालु आवको चार महिनामा जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका नौ जनाको मृत्यु भएको हो मृत्यु हुनेमध्ये दुई जना चितवनका छन् भने अरु सबै बाहिरी जिल्लाका रहेका छन्

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाका अनुसार मृत्यु हुनेमा एक बालक, चार बालिका चार महिला रहेका छन् कात्तिकमा मात्र ती रोगका कारण पाँच जनाको मृत्यु भएको असोजमा एक जना, भदौमा दुई जना साउनमा एक जनाको उपचारका क्रममा मृत्यु भएको हो

मृत्यु हुनेमध्ये तीन जनाको स्क्रब टाइफस, दुई जनाको चिकनगुनिया, तीन जनाको स्क्रब टाइफस चिकनगुनिया दुवै रोगको संक्रमण एक जनाको स्क्रब टाइफस डेंगु दुवै रोगको संक्रमण रहेको झाले जानकारी दिनुभयो

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कप्ट नियन्त्रक राम केसीका अनुसार साउनयता रगत परीक्षण गरिएका एक हजार ४८५ मध्ये ३५५ जनामा स्क्रब टाइफस देखिएको

यसै अवधिमा ५१ जनालाई डेंगु रोग संक्रमण भेटिएको केसीका अनुसार उपचारका लागि आएका बिरामीमध्ये ९८० जनाको डेंगु परीक्षण गरिएको थियो । रासस

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts