प्रकाशको शोक गीत गाइरहँदा अर्का माओवादी नेताको हृदयघातबाट निधन

What's This?


Download our app to get more features

काठमाडौं, ५ मंसिर । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको दुई दिन नबित्दै अर्का माओवादी नेता तथा गायक खुशीराम पाख्रिनको हृदयघातबाट निधन भएको छ । 

स्व.प्रकाशको श्रद्धाञ्जली सभामा शोक गीत गाइरहेका गायक पाख्रिनलाई एक्कासी हृदयघात भएपछि उपचारका क्रममा नारायणी सामुदायिक अस्पताल पुर्याउँदा उनको निधन भएको हो । 
चितवन बसपार्कमा मंगलवार भएको बामगठबन्धनको कार्यक्रममा गीत गाउन सकेर कुर्सीमा बस्नेबेला उनलाई एक्कासी हृदयघात भएको हो । 

कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड र उनकी पत्नी सीता दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले नेता माधवकुमार नेपाल लगायत माओवादी केन्द्रका नेताहरु सहभागी थिए । 
 

Last modified on 2017-11-22 10:35:49

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts