एचआइभी संक्रमित तेस्रो लिंगी बढ्दै



Download our app to get more features

काठमाडौं, ६ मंसिर । आर्थिक वर्ष ०७३÷७४ मा ३९ जना तेस्रो लिंगीमा एचआइभी संक्रमित देखिएको छ ।  राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले उपलब्ध गराएको तथ्यांङ अनुसार थपिएका दुई हजार दुई सय २४ एचआइभी संक्रमित मध्ये ३९ जना तेस्रोलिंगी छन् । यो ५२ जिल्लाको तथ्यांङ हो । तर, आर्थिक वर्ष ०७२÷७३ मा ५३ जिल्लामा ३३ जना तेस्रो लिंगीमा एचआइभी संक्रमण देखिएको थियो । यस्तै आर्थिक वर्ष ०७१÷७२ मा एचआइभी संक्रमित तेस्रो लिंगीको संख्या १८ मात्रै थियो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बाँस्तोलका अनुसार एचआइभी संक्रमितको संख्या बढ्नुको एउटा कारण मानिसले खुलेर कुरा गर्नु थाल्नु पनि हो । यस बारेमा जनचेतना बढेकाले पनि तथ्यांकमा बृद्धि भएको हुनसक्ने उनको भनाइ छ ।

देशभरी रहेका ७० एआरटी केन्द्रबाट ५२ जना तेस्रो लिंगीले सेवा लिएको पनि तथ्यांकमा उल्लेख छ । असार ०७४ सम्मको तथ्यांक अनुसार सबैभन्दा बढी भरतपुर अस्पतालबाट ९ जनाले एआरटी सेवा लिइरहेका छन् ।  

 

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts