प्रधानमन्त्रीले लिए निधिको स्वास्थ्य जानकारी



Download our app to get more features

काठमाडौँ, ७ मंसिर (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार चाबहिलस्थित ओम अस्पताल पुगी  त्यहाँ उपचाररत नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई भेट गरी उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । 

चुनावी कार्यक्रममा व्यस्त भएका समयमा श्वास फेर्न अप्ठ्यारो भएपछि नेता निधि मंसिर ४ गते सो अस्पतालमा भर्ना भएका थिजए । काँग्रेसका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा निधिले धनुषा क्षेत्र नं ३ बाट आफ्नो उम्मेदवारी दिएका छन् ।

नेता निधिको स्वास्थ्यमा सुधार हुँदै गएको उनको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । उनको उपचारमा छाती रोग विशेषज्ञ सुवोधसागर ढकाल लगायत छन् ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts