मोटी महिलामा स्तन क्यान्सर लागेको बेलैमा थाहा नहुने

हातले छामेर वा हेरेर पत्ता लाग्ने सम्भावना अति नै न्यून



Download our app to get more features


बीबीसी,७ मंसिर । अत्याधिक मोटी  महिलामा स्तन क्यान्सर लागेको धेरै ढिला मात्र पत्ता लाग्ने एक अध्ययनले देखाएको छ ।

अधिक तौल भएकी महिलामा जब स्तनको गाँठो बढेर ठुलो हुन्छ तब मात्र त्यसबारेमा जानकारी हुने बताइएको छ । यो तथ्य स्वीडेनका शोधकर्ताहरुले गरेको एक अध्ययनबाट पत्ता लागेको हो । शोधकर्ताहरुले मोटी महिलाहरुले पातली महिलाको तुलनामा अलि छोटो छोटो समयमा नै क्यान्सर परीक्षण अर्थात मेमोग्राम गराइरहनुपर्दछ । ताकी समयमा नै स्तन क्यान्सर लागे नलागेको पत्तागोस् । उक्त शोधका बारेमा विशेषज्ञहरुले पुष्टि गर्न भने बाँकी नै रहेको बीबीसीले उल्लेख गरेको छ ।

ब्रिटेनमा ५० देखि ७० वर्ष उमेरका महिलाहरु जस्का परिवारमा स्तन क्यान्सरको इतिहास छ उनीहरुलाई हरेक ३ महिनाका लागि स्क्रीनिंगका लागि अस्पतालले बोलाउने गर्दछ । धेरै तौल भएका महिलाहरुलाई स्तन क्यान्सरको खतरा बढी हुने गर्दछ । द करोलिंकसा इन्च्यिुटले गरेको एक अध्ययनमा २ हजार १२ जना महिलाहरुलाई सहभागी बनाइएको थियो जुन महिलाहरु सन २००१ देखि २००८ को बीचमा स्तन क्यान्सरबाट पीडीत भएका थिए । ती महिलाहरु प्रत्येक १८ महिना देखि २ वर्षभित्र आफ्नो मेमोग्राम गर्ने गर्दथे । स्वीडेनमा मेमोग्रामको यो मानकलाई नै सहि मानकका रुपमा लिने गरिन्छ । शोधकर्ताहरुले अध्ययनका क्रममा स्तनमा देखिएको गाँठोको आकार तथा महिलाको शरीरमा रहेको मोटोपनाको इन्डेक्सका बारेमा अध्ययन गरेका थिए ।

अध्ययनका क्रममा शोधकर्ताको टोलीले मोटी महिलामा स्तन क्यान्सर भएको मेमोग्राम परीक्षणबाट मात्रै पत्ता लाग्ने तर हातले छामेर वा हेरेर पत्ता लाग्ने सम्भावना अति नै न्यून हुने तथ्य पत्ता लगाएको छ ।अध्ययनको नेतृत्वकर्ता फ्रेड्रिक स्टैन्डले बीबीसीलाई बताएअनुसार मोटी महिलाका स्तन पनि ठूला र भद्दा हुने भएकाले उनीहरुमा स्तनक्यान्सर लागेको बेलैमा थाहा पाउन मुस्किल पर्दछ ।
 

Last modified on 2017-11-23 15:20:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts