७८ प्रतिशत बालबालिका पूर्ण खोपयुक्त



Download our app to get more features

काठमाडौं, ८ मंसिर । नेपालका १२ देखि २३ महिनाका ७८ प्रतिशत बालबालिकाले पूर्ण खोप लिने गरेको जनशांख्यिक तथा स्वास्थ्य सर्भेक्षण–०१६ ले जनाएको छ । जसमा एक मात्रा बीसीजी, दादुरा रुबेला र तीन मात्रा डिपीटी, हेपाटाइटिस बी, एचआइभी र पोलियो पर्छ । बालबालिकाले आधारभुत खोप पाउने संख्या आमाको साक्षरता सँगसँगै बढेको अध्ययनले देखाएको छ । 

आमा निरक्षर भएका बालबालिका मध्ये ६८ प्रतिशतले पुर्ण खोप लिने गरेका छन भने एसएलसी उत्तिर्ण र सो भन्दा माथिल्लो तहसम्म शिक्षा हासिल गरेका आमाका ९१ प्रतिशत बालबलिकाले पुर्ण खोप लिएका छन् । सन् १९९६ देखि नेपालमा पुर्ण खोप पाउने बालबालिकाको संख्या बढ्दो रहे पनि सन् २०११ देखि भने पूर्ण खोप लिने बालबालिकाको संख्यामा क्रमश गिरावट आइरहेको अध्ययनले जनाएको छ । 

खोप लिनेको संख्यामा छैन एक रुपता
सन् १९९६ मा ४३ प्रतिशतले पूर्ण खोप लिएका थिए भने २० प्रतिशत बालबालिकाले खोप नै लिएका थिएनन् । सन् २००१ मा ६६ प्रतिशतले पूर्ण खोप लिएका थिए भने एक प्रतिशतबाट बञ्चित थिए । सन् २००६ मा ८३ प्रतिशतले पूर्णखोप पाएका थिए भने तीन प्रतिशतले खोप नै लिएका थिएनन् । सन् २०११ मा ८७ प्रतिशतले पूर्णखोप लिएका थिए भने तीन प्रतिशतले खोप पाएनन् । सन् २०१६ मा आइपुग्दा पूर्णखोप लिनेको संख्या घटेर ७८ प्रतिशतमा झरेको अध्ययनले देखाएको छ । साथै कुनै पनि खोप नलिनेको संख्या एक प्रतिशत मात्रै पुगेको छ । 
 

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts