स्वाथ्यकर्मी निर्वाचनमा खटिदा स्वास्थ्यसंस्था नै बन्द

बिरामी छिमेकी जिल्ला जानुपर्ने बाध्यता



Download our app to get more features

बैतडी, ९ मंसिर । बैतडी जिल्लामा रहेका स्वास्थ्यसंस्थाका कर्मचारी सबै निर्वाचनमा खटिदा बिरामीलाई समस्या भएको छ ।

बैतडीमा पहिलो चरणमा भोली निवार्चन हुने निर्वाचनमा ६८ वटै स्वास्थ्य संस्थाका कर्मचारी खटिए पछि कतिपय स्वास्थ्यसंस्था बन्द भएका छन् । अहिले रुघाखोकी, निमोनियाका बिरामी जिल्लामा बढी भएकाले सामान्य उपचार गर्नपनि छिमेकी जिल्ला डडेल्धुरा जानुपर्ने समस्या भएको यहाँका नागरीकले बताएका छन् । 

बैतडीको दोगडाकेदार गाउँपालिका ६ सित्तडमा रहेको स्वास्थ्यचौकी ४ दिनदेखि बन्द रहेको स्थानीइ देबराज जोशिले जनकारी दिए । स्वास्थ्यसंस्था बन्द भएपछि गर्भवती महिला, चोटपटक लागेका नागरीक र बिरामी स्वास्थ्यसंस्थाबाट फर्केर जानुपर्ने बाध्यता रहेको छ । यता जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डाक्टर गुणराज अवस्थीले जिल्ला निर्वाचन कार्यालयले चुनावका लागी कर्मचारी नपुगेपछि स्वास्थ्यकर्मीलाई पनि परिचालन गर्दा समस्या भएको बताए। 

Last modified on 2017-11-25 10:43:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts