जाडोमा हृदयघातको सम्भावना ५३ प्रतिशतले बढ्छ



Download our app to get more features

काठमाडौं, ९ मंसिर । नर्भिक इन्टरनेशनल हस्पिटलका मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्टका अनुसार गर्मीको तुलनामा जाडोमा हृदयघातको सम्भावना ५३ प्रतिशतले बढी हुन्छ । तर, थोरै सावधानी अपनाउने हो भने जाडो मौसममा हुने हृदयघातको खतराबाट जोगिन सकिन्छ । हाम्रो डाक्टरसँग कुराकानी गर्दै डा. भट्टले भने, ‘हृदयघातको कुनै लक्षण हुँदैन । त्यसकारण जाडो मौसम सुरुभएसँगै न्यानो बन्नु पर्छ ।’
डा. भट्टले चिसोमा हृदयघातबाट जोगिन केही उपाय सुझाएका छन् । ति यस प्रकार छन् :
—चिसोबाट शरीरलाई जोगाउने ।
— न्यानो लुगा लगाउने ।
— बाहिर निस्किदा टाउको छोप्ने र मास्कको प्रयोग गर्ने ।
—जाडो मौसममा सधै तातो खाना र मनतातो पानी नै पिउने ।
—घरलाई न्यानो बनाएर राख्ने ।
—चिसो भयो भन्दैमा रक्सी, चुरोट वा अन्य कुनै नशा नलिने । यस्ता क्रियाकलापले शरीर बाउँडिन थाल्छ र नशा खुम्चिन थाल्छ । 
—मुटु वा मधुमेह सम्बन्धी शंका लागे तत्काल चिकित्सकसँग सल्लाह गर्ने ।
—बिहान १५ देखि २० मिनेट घाममा बस्ने । यसले शरीरमा गर्मी उत्पन्न हुन्छ र कोलेस्ट्रोल पनि कम हुन्छ । जसले मुटु रोगको खतरा कम भएर जान्छ । 
 

Last modified on 2017-11-25 14:31:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts