स्वदेशी लगानीमा स्टार काठमाडौं क्यान्सर सेन्टर सञ्चालन



Download our app to get more features

काठमाडौं,१० मंसिर । स्टार हस्पिटलले काठमाडौं क्यान्सर सेन्टरसँगको सहकार्यमा स्टार काठमाडौं क्यान्सर सेन्टर सञ्चालनमा ल्याएको छ । महिला तथा बालबालिका तथा समाज कल्याण मन्त्री विक्रम बहादुर थापाले स्टार हस्पिटलमा रहेको उक्त क्यान्सर सेन्टरको आइतबार उद्घाटन गरेका छन्  ।

चार बेडसिटको क्यान्सर सेन्टरमा स्टार हस्पिटलमा सञ्चालनमा ल्याएको सेन्टरका सिइओ डा.सन्देश जिसीले जानकारी दिए । क्यान्सरको उपचारको लागि विदेश धाउने प्रथालाई अन्त्य गर्न र स्वदेशमै क्यान्सरको उपचार उपलब्ध गराउने उदेश्य सेन्टर खोलिएको सेन्टरका सिइओ डा.जिसीले बताए । सेन्टरमा सर्जरी, किमोथेरापी, रेडियो थेरापी लगायत अंकोलोजीका चिकित्सकसहितको सुविधा उपलब्ध हुने उनले जानकारी दिए ।  

स्टार हस्पिटल र काठमाडौं क्यान्सर सेन्टर गरी कूल तीनसय २६ सेयरहोल्डरहरुको संयुक्त लगानीमा क्यान्सर सेन्टर सञ्चालनमा रहेको भन्दै उनले सर्वसुलभ मूल्यमा सर्वसाधारणलार्य उपचार उपलब्ध गराउने उदेश्यका साथ सेन्टर खोलिएको उनले बताए ।  

स्टार हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक डा. शैल रुपाखेती र काठमाडौं क्यान्सर सेन्टरका तर्फबाट मेडिकल डाइरेक्टर डा. सिमित सापकोटाले सम्झौतामा हस्ताक्षर गरेका थिए । कार्यक्रममा डा.अन्जनी कुमार झा, बरिष्ठ सर्जन तथा सोसाईटी अफ सर्जन नेपालका अध्यक्ष प्रा.डा.सि.एल.भट्टचनहरु सहभागी भएका थिए । 
 

Last modified on 2018-03-27 04:46:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts