पञ्चकर्मबाट सहजै ठिक हुन्छ माइग्रेन 

(भिडियोसहित)



Download our app to get more features

डा. प्रतिभा त्रिपाठी, पञ्चकर्म विशेषज्ञ

आयुर्वेद उपचार विधि अन्तर्गतको पञ्चकर्म चिकित्सा धेरै रोग निदानको सुलभ र प्रभावकारी उपचार पद्धति हो । यो उपचार विधिले शरीरमा भएका जुन सुकै समस्यालाई पनि राहत मिल्छ । तर विशेषज्ञद्वारा सही र निर्धारित समयसम्म यो विधिमा उपचार गर्नुपर्छ ।

पञ्चकर्म अन्तर्गत निम्न उपचार विधि पर्छन  

  • वमन
  • विरेचन
  • वस्ती
  • नश्य

रक्तमोक्षण आदि विधि पनि यस अन्तर्गत पर्छन् । यसका अन्य सहायक विधिहरू पनि छन् । जुन रोगको प्रकृति हेरी उपचारमा प्रयोग गरिन्छ । नेपालमा माइग्रेनका बिरामी दिनानुदिन बढीरहेका छन् । एक किसिमको टाउको दुख्ने रोग नै माइग्रेन हो । विविध कारणले मस्तिष्कमा भएका रक्तनलीहरू बेला बेलामा फुल्ने भएकाले त्यस वरपरका नशा तन्किन्छन् । यो क्रममा उक्त स्थानमा रसायन उत्पन्न हुँदा माइग्रेन वा टाउको दुख्ने समस्या हुन्छ । माइग्रेन निको पार्न पञ्चकर्मका नस्य र शिरोधारा विधिको प्रयोग गरिन्छ ।
नश्य : नाकका दुई द्वारबाट विशेष उपचार पद्धति अवलम्बन गरि माइग्रेन पूर्ण ठिक पार्न सकिन्छ । 
शिरोधारा : विशेष सावधानी र उपकरणमार्फत विशेषज्ञले आधा घण्टा जति तेलको धारा टाउकोमा बगाउँछन् । जसले गर्दा ग्रन्थीमा भएका बिकार बाहिर निस्कन्छ र माइग्रेन ठिक हुन्छ । 
यस विधिबाट रोग ठिक हुन केही समय लागे पनि एक दमै प्रभावकारी र साइडइफेक्ट हुँदैन । पछिल्लो समय माइग्रेन उपचारको लागि शिरोधारा विधिको लोकप्रियता बढ्दै गएको छ । 

माइग्रेन हुने कारण :

  • तनाव बढी लिनु ।
  • चिया कफीको बढी सेवन ।
  • धुम्रपान मध्यपान सेवन ।
  • पीडा कम गर्ने औषधिको बढी सेवन ।

माइग्रेनका लक्षण :

  • टाउकोको एक भाग दुख्नु ।
  • टाउको एकदमै धेरै दुख्नु ।
  • वाकवाकी लाग्नु, बान्ता हुनु ।
  • चर्को आवाज सुन्न गाह्रो हुनु ।
  • आँखा दुख्नु वा हेर्न गाह्रो हुनु ।
  • जीउ आलास्य हुनु ।
  • पसिना आउनु ।
  • हातखुट्टा चिसो हुनु ।
  • खाना मन नलाग्नु ।

भिडियो हेर्नुहोस्:

Last modified on 2017-11-28 14:18:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts