दिनहुँ १० ग्राम अल्कोहल पिउनुहुन्छ भने तपाईं स्तन क्यान्सरको जोखिममा  !

नियमित व्यायाम गर्नाले भने स्तन क्यान्सरको जोखिम कम गर्न मद्दत



Download our app to get more features

बीबीसी, १२ मंसिर। मदिरा तथा क्यान्सरबीचको नयाँ सम्बन्ध बाहिर आएको छ  ।

वर्ल्ड  क्यान्सर रिसर्च फण्डको नयाँ रिर्पोट अनुसार प्रत्येक दिन आधा ग्लास वाइन वा बियर पिउने बानीले स्तन क्यान्सरको खतरा बढाउने गर्दछ । रिपोर्टका अनुसार दिनहुँ नियमित व्यायाम गर्नाले भने स्तन क्यान्सरको जोखिम कम गर्न मद्दत गर्दछ । भारतमा प्रत्येक वर्ष प्रति एक लाख महिलामध्ये तीस जनामा स्तन क्यान्सर हुने गर्दछ । ब्रिटेनमा पनि महिलामा हुने आम क्यान्सरमा स्तन क्यान्सर पर्ने गर्दछ । ब्रिटेनमा हरेक ८ महिला मध्ये एक जनामा स्तन क्यान्सर हुने गरेको तथ्यांक छ

किन लाग्छ स्तन क्यान्सर
स्तनक्यान्सर लाग्नुको पछाडी लाइफस्टाइको महत्वपूर्ण भूमिका रहने भए पनि स्तन क्यान्सर खान पान र लाइफस्टाइले मात्रै नै लाग्ने भन्नेमा पूर्ण विस्वस्त हुन नसकिने चिकित्सकहरु बताउँछन् । यसकारण पनि यहि एउटा विषयलाई मात्र स्तन क्यान्सरको कारक बनाउन नहुनेमा उनीहरुको जोड रहेको छ । कतिपयमा वंशाणुगत कारण पनि स्तन क्यान्सर हुने गर्दछ, जस्तो की मांशपेशी, लिङग, उमेर, उचाई, जीन , महिनावारी आदी कारणले पनि महिलामा क्यान्सर हुने कारण बन्न सक्ने विशेषज्ञहरु बताउँछन् ।५० वर्ष उमेर पूरा भएका महिला, महिनावारी हुन बन्द भएका महिला तथा परिवारको इतिहासमा स्तन क्यान्सर भएको छ भने ती महिला सधै क्यान्सरको उच्च जोखिमा रहने गर्दछन् । यसैगरी शारीरीक उचाई धेरै भएका महिला, १२ वर्षको उमेरमा नै महिनावारी शुरु भएका महिलालाई पनि स्तन क्यान्सरको जोखिम बढी हुने  चिकित्सकहरु बताउँछन् । 

क्यान्सर रिसर्च यूकेले स्तन क्यान्सरका संभावित १८ कारणहरु आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । त्यसमध्ये मदिरालाई पनि एक प्रमुख कारणका रुपमा उल्लेख गरिएको छ । उक्त रिपोर्टका अनुसार महिलाहरुले सन्तुलित भोजन खाने, शरीरको तौल सन्तुलित राख्ने, तथा नियमति व्यायाम गर्ने गरेमा स्तन क्यान्सरको जोखिम कम हुने गर्दछ । यो रिपोर्ट साढे १ करोड महिलाहरुको हिस्ट्री अध्ययन गरी तयार पारिएको हो । पर्याप्त प्रमाणका आधारमा आफुहरुले  हरेक दिन एक सानो गिलास अर्थात १० ग्राम अल्कोहल खाने बानी भएका महिलाहरुमा महिनावारी बन्द भएपछि स्तनक्यान्सरको जोखिम ९ प्रतिशतले बढी हुने वैज्ञानिकहरुले दाबी गरेका छन् । यसको अर्थ हो की १ सय महिलामध्ये करीब १३ जनालाई स्तन क्यान्सर हुन सक्दछ । 

Last modified on 2017-11-28 15:56:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts