क्षयरोगबाट नेपालमा दैनिक २० को मृत्यु 

What's This?


Download our app to get more features

भक्तपुर, १३ मंसिर । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा ४४ हजार क्षयरोगी छन् । तर  तीमध्ये ३२ हजारले मात्रै स्वास्थ्य परीक्षण वा उपचारका गराइरहेको क्षयरोग केन्द्रले जनाएको छ ।
क्षयरोग (टिबी)का बिरामीको अवस्था पत्ता लगाउन विश्व स्वास्थ्य संगठनले सन् २०१६ का लागि गरेको सर्वेक्षणानुसार ४४ हजार बिरामी हुनसक्ने अनुमान गरिएको थियो । त्यसमध्ये १२ हजार बिरामी अझै सम्पर्कमा नआएको क्षयरोग केन्द्रका परामर्शदाता तथा छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाहले जानकारी दिए ।

दुई वर्षदेखि सम्पर्कमा आएका बिरामीको रोग निको हुँदै गएर संख्या घटे पनि सम्पर्कमा नआएका अन्य बिरामीका कारण यस वर्ष टिबी रोगीको संख्या यकिन गर्न सकिने अवस्था नरहेको शाहले बताए । डा. शाहका अनुसार विश्व स्वास्थ्य संगठनले दुई वर्षअघि गरेको अध्ययनको तथ्यांकका आधारमा प्रत्येक दिन १२० नयाँ रोगी भेटिने गरेको छ भने २० जनाको मृत्यु हुन सक्ने अनुमान छ । नेपालमा जटिल प्रकारको डगेस्ट्रेड टिबीका बिरामी मात्र ११ सय रहेको अनुमान छ । तीमध्ये ३५२ जना मात्र सम्पर्कमा     आएका छन् । 

डट्स सेन्टरमा उपचारका लागि आउने सबै टिबीका रोगीको उपचार निःशुल्क हुने गरेको छ । नेपालमा चार हजार भन्दा बढी डट्स सेन्टर रहेको क्षयरोग केन्द्रले जनाएको छ । टिबीका बिरामीको अवस्थानुसार इन्टेन्सिफ चरण र कन्टिडियसन चरण गरी विधिअनुसार उपचार गरिने डा. शाहले बताए । इन्टेन्सिफ चरणअन्तर्गत नयाँ बिरामीको दुई महिनासम्म र कन्टिडियसन चरणका बिरामीका लागि चार महिनासम्म उपचार गर्नुपर्ने हुन्छ । क्षयरोग फोक्सो र फोक्सोबाहेक शरीरका अन्य भागमा गरी दुई किसिमले लाग्छ । रासस 

Last modified on 2017-11-30 11:43:07

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts