छिनमै ज्यान लिने सडेन कार्डियाक अरेष्ट के हो ?

(भिडियोसहित)



Download our app to get more features

सडेन कार्डियाक अरेष्ट भनेको एक प्रकारको गम्भीर प्रकृतिको मुटु रोग हो । सडेन कार्डियाक अरेष्ट भएमा मुटुको चाल असामान्य हुन्छ । यस्तो बेलामा कसरी सजकता अपनाउने भनेर मुटुरोग विशेषज्ञ डाक्टर चन्द्रमणि पौडेलको सुझाब दिएका छन । जनौं कार्डियाक अरेष्टबाट बच्ने उपाय :-
कार्डियाक अरेष्टलाई अधिकांशले हृदयघात ठान्छन । हृदयघात र सडेन कार्डियाक अरेष्ट फरक हो । तर यी दुबै रोगबीच सम्बन्ध भने छ । मुटुको चाल असामान्य हुनु कार्डियाक अरेष्ट हो भने मुटुमा देखा पर्ने समस्या हृदयघात हो । कार्डियाक अरेष्ट हुने सबैलाई हृदयघात हुन्छ भन्ने छैन् । हृदयाघात हुने सबैलाई कार्डियक अरेष्ट पनि नहुन सक्छ । र पनि हृदयघात हुँदा मुटुको चालमा परिवर्तन आई मृत्यु हुने सम्भावना प्रवल रहन्छ । 
कुनै व्यक्तिमा मुटुको चाल धेरै नै असामान्य हुन्छ भने २÷३ मिनेट भित्रै बिरामीको मृत्यु हुन्छ । जसलाई चिकित्सकीय भाषामा भिटिएफ भनिन्छ । पछिल्लो समय नेपालमा यस्ता बिरामी बढ्दो छन् । यस्ता बिरामीको एक दुई मिनेट देखि २४ घण्टासम्म जुनसुकै बैला मृत्यु हुन सक्छ । छाती दुख्यो, हिडडुल गर्न गाह्रो भयो, श्वास फेर्न गाह्रो भयो भने तुरुन्त अस्पताल जानुपर्छ । 

कार्डियाक अरेष्ट हुने कारण :

  • हृदयाघात ।
  • उच्च रक्तचाप ।
  • मुटुमा खराबी ।
  • जन्मजात मुटु रोग हुनु  ।
  • पोटासियमको कमी ।
  • मध्यपान धेरै गर्नु । 
  • बढी तौल ।

कार्डियाक अरेष्ट भएकाहरूलाई तुरुन्त अस्पताल पुर्यायो भने जोगाउन पनि सकिन्छ । हृदयाघात भएको एक घण्टासम्ममा अस्पताल पुर्याए बिरामीलाई बचाउन सक्ने संभावना धेरै रहन्छ ।  

कार्डियाक अरेष्टबाट जोगिन उपाय :

  • हृदयाघातबाट बच्ने ।
  • उच्च रक्तचाप, मधुमेय, कोलेस्ट्रोल नियन्त्रणमा राख्ने ।
  • सन्तुलित र स्वस्थ खाना खाने ।
  • नियमित व्यायम गर्ने ।
  • बिलासी जीवनशैली त्याग्ने ।
  • मध्यपान, धुम्रपान नगर्ने ।
  • स्वास्थ परीक्षण नियमित गर्ने ।

भिडियो हेर्नुहोस्:
 

Last modified on 2017-11-30 09:53:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts