विवादमा मिस नर्स प्रतियोगिता

क्याटवाक गर्दैमा उत्कृष्ठ नर्स हुँदैनन्ः नर्सिङ संघ

What's This?


Download our app to get more features

काठमाडौं, १४ मंसिर । मिस नर्स चितवन प्रतियोगिता नर्सिङ पेशा विपरीत रहेको भन्दै नेपाल नर्सिङ संघले विरोध जनाएको छ । नर्सको नाममा सुन्दरी प्रतियोगिता गर्नु गलत रहेको नर्सिङ संघको भनाइ छ । साथै यो प्रतियोगिता रोक्न संघले जोड दिएको छ । 
चितवनमा नर्सिङ पेशामा संलग्न रहेका र नर्सिङ विषय अध्ययनरत १८ देखि २५ बर्षसम्मका किशोरीको सहभागीतामा सहज मिडिया प्रालिले मिस नर्स चितवन प्रतियोगिता १७ मंसिरमा आयोजना गर्दैछ  । १३ अक्टोबरदेखि विभिन्न चरण गरेर अडिशन राउण्ड शुरु गरेको आयोजकले सहभागी ३० मध्येबाट उत्कृष्ठ १३ प्रतिस्पर्धी छानेको छ ।

नर्सिङ जिम्मेवार पेशा भएको जनाउदै संघका उपाध्यक्ष अप्सरा पाण्डेले नर्सलाई प्रतियोगितामा ग्ल्यामरस देखाउँदै, क्याटवाक गर्न लगाउने प्रवृति गलत भएको बताईन् । नर्सको कार्यक्षमताका आधारमा मात्रै उत्कृष्ठतामा छानिने उनको भनाइ छ । उनले कुनै पनि सुन्दरी प्रतियोगितामा क्याटवाकमा हिँडेर नर्सको व्यक्तित्व विकास नहुने बताइन ।  

उनले प्रतियोगितामा तोकिएको उमेर समूहभित्रका नर्स मात्रै उत्कृष्ठ हुने र बाँकी नहुने प्रतिस्पर्धा आफैमा अस्वस्थ भएको बताइन् । ‘जुनै उमेर समूहका नर्स पनि कार्यक्षमताका आधारमा उत्कृष्ठ हुन सक्छन् । त्यसैले नर्सलाई ग्ल्यामरस देखाएर गरिने यस्ता प्रतियोगिता हामी गर्न दिन्नौं, ’ उनले भनिन् । व्यक्तिगत कारणले नर्सिङ पेशामा आँच आउने काम कोहीकसैले गर्न नहुने उनको भनाइ छ । 
व्यक्तिगत रुचीका आधारमा प्रतियोगितामा सहभागी भएपनि नर्स नाम जोडिएर गरिने ब्युटी कन्टेस्टले राम्रो सन्देश नजाने उनले बताइन् । आयोजकसँग यस विषयमा नेपाल नर्सिङ संघको चितवन जिल्ला शाखामार्फत छलफल भइरहेको समेत संघकी उपाध्यक्ष पाण्डेले जानकारी दिइन् । यस अघि सन् २०१४ मा मिस नर्स चितवन प्रतियोगिता आयोजना भएको थियो । 

प्रतियोगिता रोकिदैनः आयोजक
मिस नर्स चितवनका आयोजकले भने अन्तिम समयमा आएर कार्यक्रम रोक्न नसक्ने जनाएको छ । आयोजक सहज मिडिया प्रालिका कार्यकारी निर्देशक सहज भण्डारीले निर्धारित कार्यक्रम रोक्न नसक्ने बताए । उनले भने ‘अक्टोबरदेखि प्रतियोगिताका विभिन्न अडिसन हुँदै आएको छ, त्यतिबेला केही भनिएन तर अन्तिम समयमा आएर विरोध गर्नुको कुनै अर्थ हुँदैन ।’ प्रतियोगिताको लागि प्रायोजकदेखि व्यवस्थापनका सबै तयारी भइसकेको अवस्थामा कार्यक्रम रोक्न नसकिने उनले बताए । 
प्रतियोगिताले नर्सिङ पेशामा नराम्रो नहुने बरु नर्सिङ पेशाप्रति थप जिम्मेवार, समाजप्रति उत्तरदायी र उत्प्रेरित गर्ने उनले बताए । ‘पोहोर साल काठमाडौंमा मिस नर्स नेपाल प्रतियोगिताको नर्सिङ संघले विरोध जनाएको खबर पाएका थियौं’ उनले भने ‘तर उहाँहरूले त्यसपछि प्रतियोगिता गर्न दिन्नौं भनेर आधिकारिक जानकारी गराएका छैन ।’ संघसँग प्रतियोगिता शुरु गर्नुअघि छलफल गर्न नसकेको उनले बताए ।

ताज जित्नेलाई सवा एक लाख
मिस नर्सको ताज जित्नेले एक लाख बराबरको पुरस्कार र २५ हजार नगद, फस्ट रनरअपले ७५ हजार नगद बराबरको पुरस्कार र २० हजार नगद, सेकेन्ड रनरअपले ५० हजार बराबरको पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ । 
यसअघि ०७३ मा नेक्स्ट मोडल्स नेपालले मिस नर्स नेपाल प्रतियोगिता आयोजना गर्न खोज्दा नेपाल नर्सिङ संघले विरोध गरेपछि नाम परिर्वतन गरी मिस नेपाल पिस नाममा प्रतियोगिता गरेको थियो । तस्विर स्रोत मिस नर्स चितवन

 
 

Last modified on 2018-03-27 04:45:30

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

2 Comments

  1. yo pratiyogita ko bare facebook marfat gyat vayeko thiyo.ma pani ek Bsc.nurse hu ra yo pratiyogita bare news dekhne bittikai achchamma lageko thiyo.Nursing ko nam ma pani aba beauty contest haru huna thale ra ?vanya k k hune ho? hamro coutry ma. I’m supporting Nepal nursing sungh hai. Afule padeko sikeko nursing ship lai pesa ma upayog nagari yesto contest haru bata career development ma kei help hudaina na ta afno ship ma nai improvement hunxa. .stop this kind of beauty peagent in the name of nursing profession.

  2. Ahile Samma Kati jana nurse 5 thousands MA duty gareko Chan,, Ajha kehi ta Kati month Samma volunteer garera job Pauna sakeko chainan,, Kati nurses haru berojgar vayeko Chan tyo chai nagarne,, tesko Lagi awaj uthauna nasakne,, ani nursing profession dedicated service providers ho,, beauty contest MA participate huna ramro hoena Vanera Chai awaj nikallna kattiko uchit Hola,, nursing k beauty contest MA participate vayera,, catwalk hidera,, afno talent dekhauda k profession Lai k huncha,,?? 5 thau MA Mari Mari duty garda,, strike ko time MA security Dina sakdaina,, Jasari ni duty pugnu parcha tyo chai suhayo?? Yestai Kura le ho Aja Samma nursing profession Kuwa ko vyaguto vako,,,


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts