सचेतनाकै कारण एचआइभी संक्रमित घट्दै

मोरङमा हालसम्म १ हजार ४ सय ५० जना



Download our app to get more features

विराटनगर, १५ मंसिर ।  विराटनगर जिल्लामा सचेतना फैलाएपछि मोरङमा प्रत्यके वर्ष एचआइभी संक्रमितको संख्या वर्षेनी घट्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले सार्वजानिक गरेको तथ्याङ्गकले देखाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७४÷०७५ मा १६ जना एचआइभी संक्रमितको संख्या घटेको जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ । जनस्वास्थय कार्यालय मोरङका प्रमुख चन्द्रदेव मेहताका अनुसार अघिल्लो आर्थिक वर्ष २०७३÷०७४ मा ८० जना एचआईभी संक्रमित फेला परेका जानकारी दिए । सचेतना फैलाएपछि आर्थिक वर्षमा घटेर ६४ जना मात्र एचआईभी संक्रमित भेटिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

मोरङमा एचआईभीको क्षेत्रमा एक दर्जन बढी विभिन्न संघसस्था सक्रिय रुपमा लागी परेर सचेतना फैलाएको कारणले एचआइभी संक्रमति घेटको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका मेहताले बताए । कार्यालको अनुसार मोरङमा हालसम्म १ हजार ४ सय ५० जना एचआईभी संक्रमित रहेका छन् ।

लागूऔषध र दुव्र्यवेसनी लिमिटेन्न पार्न महानगरपालिका लाग्छ

विश्व एचआईभी एड्स दिवसको अवसर पारेर मोरङ सञ्जालले विराटनगरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका मेयर भिम पराजुलीले सामाजिक अभियानको कारणले गर्दा एचआईभी संक्रमित समाजमा घुलमिल हुने अवस्था सृजना भएको बताए । एचआइभी नियन्त्रण  गर्न महानगरपालिका मात्र सम्भव नहुने भएकाले सबैको साथ सहयोगको आवश्य रहेको उनले बताए । ‘लागूऔषध दुव्र्येसेनीको संख्या बढ्दो छ,’ उनले भने, ‘यसलाई लिमिटेन्न पार्न महानगरपालिका लागि पर्छ ।’

कार्यक्रममा कोशी अञ्चल अस्पता विराटनगरका प्रमुख रोशन पोखरेलले नियमित रुपमा औषधी सेवनले एचआइभी संक्रमितको आयु बढने भएकाले नियमित औषधि सेवन गर्न सुझाब दिए । कार्यक्रममा जनस्वास्थ्य कार्यालय मोरङ प्रमुख चन्द्रदेव मेहता, एबीसि नेपालकी विष्णु शर्मा, स्पर्श नेपालका अध्यक्ष सन्जिव खड्कालगायले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरे एचआइभी संक्रिमत न्यूनिकरणमा आउने बताए ।

अवसरमा एचआईभी सम्बन्धी सचेतना मूलक नाटकसमेत मन्चन गरिएको थियो । सुमेरु कला सरोबरको प्रस्तुतीमा ‘माया नै जीवन हो’ नामक नाटक मन्चन गरिएको थियो । नाटकमा सन्तोष गौतम, राजकुमार राय, सर्वराज पाण्डे, जुना खड्कालगायतले अभियन गरेका थिए । शुवल मणि सापकोटाले उक्त नाटकको निर्देशन गरेका थिए ।

 

Last modified on 2018-03-27 04:44:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts