बेहुलीलाई अझ सुन्दर बनाउँछ यी घरेलु उपायले

दुधको तर, बेसार र गुलाब जललाई एकै साथ मिक्स गरेर अनुहारमा लगाउनाले अनुहार चम्किलो



Download our app to get more features

यस वर्ष विवाहको सिजन सुरु भइसकेको छ ।

सिजनको सुरुवातसँगै विवाहको रमझम गाउँवस्ती देखिन थालेको छ भने कतिपय घरमा विवाहको तयारी तिव्र भइरहेको होला । 

विवाहमा सहभागी हुने भन्नासाथै सबै व्यक्ति राम्रो र स्पेशल बन्न खोज्छन । तर, त्यसमाथि पनि बेहुलीको चर्चा बढी नै हुन्छ । बेहुलीलाई स्पेशल बनाउन ब्युटिपार्लर धाउने मात्रै होइन कतिपयले त घरैमा ब्युटिसियन पनि बोलाउने गर्छन । तर, यस्ता केही घरेलु उपाय छन् जसले बेहुलीलाई विवाहको दिन ब्युटिपार्लर जानु नपर्ने गराउँछ ।

जानौं ती घरेलु उपायहरू :

चिल्लो (ओइली) छाला
यदि बेहुलीको छालामा धेरै नै चिल्लोपना (ओइली) छ भने अनुहारलाई दुई देखि तीन पटक ओयल–फ्री मोइस्चराइजरले धुने । १५–१५ दिनमा एक पटक नियमित रूपले फेसियल गराउने । फेशियल सुट गर्दैन भने अनुहारमा क्लिन्जिंग गराउने । फेशियल वा क्लिन्जिंगले अनुहारमा भएको फोहोर बाहिर निकाल्छ र अनुहार कोमल चम्किलो देखिन्छ । त्यसैले विवाहको समय नजिकिदै गर्दा सकेसम्म प्रदुषण र धुलोधुँवाबाट टाढा रहने । यसले अनुहारमा दाग, पिम्पल आउँदैन र छाला सफा रहन्छ । 

सुक्खा (ड्राई) छाला
यदि छाला सुक्खा छ भने साबुन, अल्कोहल बेस्ड क्लिन्जर र स्क्रबको प्रयोग गर्नुहुँदैन । दुधले बनेको मोइस्चराइजर वा क्रिमको प्रयोग गर्नु राम्रो हुन्छ । अनुहार सफा गर्न मह र ग्लिसिरिनयुक्त फेसवासको प्रयोग गर्नुपर्छ । यसले छालामा रातोपना, रूखोपन र अन्य कुनै पनि प्रकारको एलर्जी हुँदैन । छाला सफा र चम्किलो देखिन्छ । 

सामान्य र मिश्रित छाला
कतिपय व्यक्तिको छाला मिश्रित अर्थात् कुनै भाग तेलिय र कुनै भाग सुक्खा हुने गर्छ । यस्तो अवस्थामा दुधको तर, बेसार र गुलाब जललाई एकै साथ मिक्स गरेर अनुहारमा लगाउनाले अनुहार चम्किलो हुन्छ । यदि छाला सामान्य छ भने अत्यधिक मेकअप गर्नु ठिक हुँदैन । मेकअप गर्नु नै परे कुनै राम्रो क्लिन्जिरले सफा गर्न बिर्सनु हुँदैन ।

यसरी गर्नुहोस् अनुहारको सफाई
चिसो मौसममा मह र ग्लिसिरीन युक्त क्लिन्जिÞरले अनुहार राम्रोसँग सफा गर्नुपर्छ । अथवा मह र ग्लिसिरीनयुक्त फेसवास प्रयोग पनि गर्न सकिन्छ । दिनमा एक पटक अनुहारलाई मन तातो पानीले सफा गर्नुपर्छ । यदि छाला धेरै नै सुक्खा छ भने मोइस्चराइजिंग साबुनको प्रयोग गर्न सकिन्छ । तर, ध्यान दिनुहोस् एन्टीसेप्टिक साबुनको प्रयोगले छाला कालो र रुखो हुन सक्छ । त्यसैले सकेसम्म यस्ता साबुनको प्रयोगबाट बच्नु पर्छ ।

मोइस्चराइजिंग
सूर्यको अल्ट्राभाइलेट किरण, प्रदुषण र तनावले छाला रूखो हुन्छ । त्यसैले पुरै शरीरमा मोइस्चराइजरको प्रयोग गर्नुपर्छ । मोइस्चराइजर अल्फाहाइड्रोक्सी एसिड वा एन्टीअक्सिडेन्ट, भिटमिन ई वा सीयुक्त हुनु पर्छ । तेलीय छालालाई पनि मोइस्चराइजरको आवश्यत्ता हुन्छ । तर ओइल फ्रि भने हुन जरुरी छ । 

जानौँ सनस्क्रीनको भाषा
विवाहको दिन नजिकिँदै गर्दा बेहुली आफै पनि प्रायः सपिंगमा बजारमा जाने गर्छन् । यस्तो अवस्थामा छालालाई घामको किरणबाट जोगाउनु पर्छ । त्यसैले बाहिर घाममा निस्किदा सँधै सनस्क्रिन लगाउनु पर्छ । प्रायः सबै प्रोडक्टमा एसपीएफ अर्थात् सन प्रोटेक्शन फ्याक्टर लेखिएको हुन्छ । आवश्यकता अनुसार सनस्क्रिनको प्रयोग गर्न सकिन्छ । सनस्क्रिनलाई शरीरको अन्य भाग जस्तै घाँटी, हातखुट्टा र अनुहारमा पनि लगाउनु पर्छ । 
 
एक्सफोलिएशन (मृत सेल हटाउने)
सुक्खा र मृत छाला हटाउन एक्सफोलिएशनको आवश्यत्ता हुन्छ । सातामा दुई पटक हल्का स्क्रब गर्नुपर्छ । यसका लागि रेडिमेड स्क्रब पनि प्रयोग गर्न सकिन्छ । जसले समयको बचत गर्छ । यदि स्क्रब घरमै बनाउने हो भने एक चम्चा ओटमील र एक चम्चा चामलको पिठोलाई पानीमा मिसाएर गाढा घोल बनाउनुहोस् । अब उक्त मिश्रणलाई अनुहारमा लगाएर हल्का हातले बिस्तारै पाँच मिनेटसम्म स्क्रब गर्नुस् र सफा पानीले धुनुहोस् ।

बडी केयर
छालाको देखभालको साथै शारीरिक देखभाल पनि विवाहको समय उत्ति नै जरुरी हुन्छ । सुगन्धित स्नानले सबै तनाव कम हुन्छ र मन शान्त हुन्छ । यस बाहेक छालालाई कोमल बनाउन एउटा मुलायम कपडामा चौथाई कप ओट्स, चौथाई कप मिल्क पाउडर, चौथाई कप गाढा स्टार्च अर्थात् माड (मकैको पिठो, चामलको पिठो) आदि राखेर राम्रोसँग मिक्स गरेर सफा सिसीमा राख्ने । नुहाउँनु भन्दा पहिले पुरै शरीरमा उक्त मिश्रणलाई एउटा थैलीमा राखेर स्क्रब गर्ने । सुख्खा भएपछि सफा मुलायम कपाडमा बेबी ओयलले मसाज गर्ने र तेल सुकेपछि मात्रै नुहाउँने ।

Last modified on 2017-12-04 10:40:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts