एमबीबीएस पुनः परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)



Download our app to get more features

काडमाडौं, १८ मंसिर । चिकित्सा शास्त्र अध्ययन सस्थान आइओएमले लिएको एमबीबीएस प्रवेश परिक्षामा ४६ प्रतिशत विद्यार्थी पास भएका छन् । गत असोज २८ गते आईओएमको एमबीबीएस प्रवेश परीक्षामा डिभाइसको माध्यमबाट प्रश्नपत्र बाहिरिए पछि स्थगित परिक्षा डेढ महिना पछि पुनः संचालन भई रिजल्ट सार्वजनीक गरीएको हो । 

आइओएम परीक्षा समिति संयोजक एवं सहायक डीन प्रा.डा राजेन्द्र गुरागाईँले यस बर्ष आइओएमले लिएको एमबीबीएस प्रवेश परिक्षामा ४६ प्रतिशत विद्यार्थी मात्रै पास भएको बताए । गत बर्ष झण्डै ५० प्रतिशत विद्यार्थी पास भएका थिए उनले भने  । यो गत बर्षको भन्दा कम पास दर हो । कुल सहभागी विद्यार्थी मध्ये ३ हजार २ सय ९८ नेपाली र ३३ जना विदेशी विद्यार्थी पास भएको गुरागाईले बताए ।

आइओएम परीक्षा समितिले सोमबार बिहान ३ बजे नतिजा सार्वजनीक गरेको थियो ।  १८.५ प्रतिशत अनुपस्थित   ५२ दिन पछि पुन लिएको परिक्षामा सोचे अनुसार विद्यार्थी सहभागी नभएको डा. गुरागाईले बताए । जम्मा ९ हजार ३० जना विद्यार्थी परिक्षामा सहभागी हुनु पर्ने थियो उनले भने, ‘तर, ७ हजार ३ सय ५८ जना विद्यार्थी मात्रै परिक्षामा सहभागी भए । उनका अनुसार १६ सय ७२ जना विद्यार्थी अनुपस्थित भए ।’ उनले कडा सुरक्षाका कारण धेरै विद्यार्थी परिक्षामा सामेल नभएको बताए । 

नतिजा हेर्नुहोस् । 

Last modified on 2018-03-27 04:44:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts