मानिसले कहिलेदेखि मकैलाई आफ्नो आहरा बनाए ?



Download our app to get more features

बीबीसी, २० मंसीर । मकै नेपालीहरुको रोजाईकै आहरा अन्तर्गत पर्दछ ।

खासगरी भुटेर फुल उठेको मकै सजिलै बजारमा किन्न पाइन्छ । मकै स्वास्थ्यका दृष्ट्रिकोणले पनि निकै स्वस्थवद्धर्क मानिन्छ ।

मकै खान मानिसले कहिलेदेखि शुरु गरे होलान् त ? यो विषयमा निकै रोचक कुरा बाहिर आएको छ ।  नयाँ शोधका अनुसार उत्तरी पेरुमा भने  झण्डै १ हजार वर्ष अगाडी पर्पकर्न अर्थात मकै भुटेर खाने गरेको तथ्य  भेटिएको छ । शोधकर्ताहरुले पेरुमा मकैको फूला भएको दाना भेट्टाएपछि हजारौं वर्षअअि देखि त्याहाँका मानिसहरुले मकै भुटेर खाने गर्दथे भन्ने तथ्य बाहिर आएकोछ । 

तर अमेरीकाको वासिङटनको प्राकृतिक इतिहास संग्रालयमा राखिएको  मकैको फूला उठेको दानामध्ये सबैभन्दा पुरानो दाना ६ हजार ७ सय वर्ष अगाडीको छ । यसबाट के पुष्टि हुन्छ भने मानिसहरुले आफ्नो आहरमा मकैलाई हजारौ वर्षदलेखि सामेल गर्दै आइरहेका छन् । पौष्टिक तत्वले भरिपूर्ण मकैका विभिन्न परिकारहरु अहिले विश्वमा प्रचलित भएपनि मकैलाई शुरुमा घाँसका रुपमा मात्र  प्रयोग गरिने गरको शोधकर्ताहरुको भनाई छ । 

स्मिथसोनियन म्यूजियम अफ  नेचुरल हिस्ट्रीको न्यू वल्र्ड अर्कोलोजी विभागका निरीक्षक डोलोर्स पिपर्नाका अनुसार मेक्सिकोमा ९ हजार वर्ष पहिले मकै घाँसका लागि रोपिएको थियो । उनले शोध रिपोर्टलाई आधार मान्दै भनेका छन् की साउथ अमेरीकामा मकै भित्त्रिनु १ हजार वर्ष पहिला महाद्धिपको अन्य क्षेत्रमा विभिन्न रुपमा भेटिएको थियो । 
शोधकर्ताहरुको टीमले मर्कै बालीको अवशेष पारेदोन्स तथा हुआका प्रीटा नाम को प्राचिन स्थलमा भेट्टाएका थिए । उनीहरुका अनुसार त्यतिबेला मकै मानिसको आहार भन्दा पनि वस्तुभाउको लागि घाँसका रुपमा लगाउने गरिन्थ्यो  । 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts