हृदयघात भन्दा खतरा मस्तिष्कघात (ब्रेन एट्याक) ! कसरी बच्ने ?

(भिडियोसहित)



Download our app to get more features

पछिल्लो समय ब्रेन अट्याकका बिरामीको संख्या बढ्दो छ । हुन त नेपालमा यस्ता रोगीको संख्या ठ्याक्कै कति छभन्ने तथ्यांक छैन । तर पनि विलासी जीवनशैली , केमिकल वा विषादीयुक्त खाना, बढ्दो प्रदुषणले गर्दा यस्ता रोगका बिरामी बढेका छन् । यो निकै गम्भीर प्रकृतिको रोग भएकाले पनि यसबाट बच्न सावधानीअपनाउनु पर्छ । यो रोग किन लाग्छ र बच्नके गर्ने? डा.चन्द्रमान प्रजापति यसो भन्छन्:-

विभिन्न कारणले मस्तिष्कको काममा दख्खल पुग्नु वा मस्तिष्कले आवश्यक काम गर्न नसक्नुलाई ब्रेन एट्याकवा स्ट्रोक भनिन्छ । मस्तिष्कको नशा फुटेर रगत बग्नुलाई सामान्य अर्थमा मस्तिष्कघात वा ब्रेन एट्याक भनिन्छ । यसरी बगेको रगत टाउकोमा जम्छ र त्यस रगतले स्नायुप्रणालीको रक्तसञ्चार प्रणालीमा अबरोध गर्छ ।मानिस बेहोस हुन्छ । ब्रेन एट्याक भएका ५० प्रतिशत मानिसको तुरुन्त मृत्युहुने विभिन्न अनुसन्धानले देखाएको छ । यसर्थ पनियसलाई हृदयघात भन्दा जटील र गम्भीर प्रकतिको रोग भनिन्छ । 

ब्रेन अट्याक भएका मानिसमा शरीरको कुनैै भाग नचल्ने वा प्यारालाइसिस् हुने संभावना पनि प्रबल रहन्छ । उपचारमा थोरै मात्र ढिला हुँदा साबिककै अबस्थामाफर्काउन धेरै नै कठीन हुन्छ । 

ब्रेन अट्याक एक्कासी देखापर्ने रोग भएकाले पनियसका लक्षण त्यति देखिदैन । सुषुप्त अबस्थामै यसले मस्तिष्कलाई धेरै हानी पुर्याइसकेको हुन्छ 
। र पनि निम्न लक्षण देखिन्छन् :

  • अत्याधिक टाउको दुख्नु ।
  • बेहोस हुनु ।
  • बान्ता हुनु ।
  • शरीरको एक पाटो नचल्नु ।
  • आवाज नआउनु ।
  • दिसापिसाबथाहै नभई हुनु ।

बे्रन अट्याकहुने कारण :

ब्रेन ह्यामरेजको प्रमुख कारण भनेकै उच्चरक्तचाप हो । लामो समय उच्चरक्तचाप भएको अवस्थामा मस्तिष्ककानशाले रक्तचाप धान्न गाह्रो भई रक्तनशाहरु पातलो हुँदै जान्छ । र उच्चरक्तचापको बाहाब थाम्न नसकी ब्रेनह्यामरेज हुन्छ । साथै बंशाणुगत प्रभावले पनि समस्या निम्तने हुन्छ । 

यस्ता व्यक्तिलाई ब्रेनह्यामरेजको संभावना बढी:

ब्रेन ह्यामरेज ढल्कीँदो उमेरका व्यक्तिवा ५०–६० वर्ष पुगेका व्यक्तिलाई बढी हुन्छ । यद्यपी अन्य उमेर समुहका व्यक्तिलाई नहुने भन्ने चाहीँ हैन । साथै,

  • उच्च रक्तचाप भएका ।(नियमितऔषधि सेवननगर्नु) 
  • मधुमेह, कोलस्ट्रोलभएका ।
  • मद्यपान,धुम्रपानगर्ने ।
  • बढी तौल  ।
  • विलाशी जीवनशैलीअपनाउनु । 

यसको उपचार दक्ष चिकित्सकद्वारा सही समयमा सही तरिकाले भएन भने ज्यान जाने संभावना प्रबल रहन्छ । यसका कुनै पनि लक्षण देखिए वा शंका लागे तुरुन्तै सिटी स्क्यान,एम.आर.आई जस्ता उपकरणको प्रयोग गरेर रोगको यकीनगर्न सकिन्छ ।  र रोगनिदानमा सहयोग पुग्छ । 
ब्रेन ह्यामरेजबाट बच्न यस्ता साबधानी अपनाउनु पर्छ । 

  • रक्तचाप नियन्त्रणमा राख्ने ।
  • मधुमेह,कोलिस्ट्रोल नियन्त्रण गर्ने । 
  • मद्यपानधुम्रपाननगर्ने ।
  • नियमितशारीरिक व्यायामगर्ने ।
  • उच्च रक्तचाप भैहाले नियमित औषधि सेवन गर्ने ।
  • तनावबाट मुक्त रहने ।
  • स्वस्थ र सन्तुलित खानपानमा ध्यान दिने । 

ब्रेन अट्याकभइसकेका व्यक्तिले यस्ता कुरामा ध्यान दिनुपर्छ :

यो एक्कासि देखिने रोग भएकाले पनि यसमा विशेष सचेत हुुनुपर्छ । यो रोग लागिसकेपछि अस्पताल नगइकनउपाय नै छैन । तर बिरामीको श्वासप्रश्वास प्रक्रिया, रक्तसञ्चार प्रक्रिया कस्तो छ, ख्यालगर्र्नुपर्छ । संभवभएसम्म अस्पताल लैजाँदाअक्सिजन सहितको एम्बुलेन्सको प्रयोग गर्नुपर्छ ।

नियमित चेकजाँच गराउनुपर्छ । चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्नुपर्छ । 

भिडियो हेर्नुहोस्:

Last modified on 2017-12-09 15:53:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts