यस्तो छ वायु प्रदुषण कम गर्न बनेको 'शीघ्र कार्यदल' को काम



Download our app to get more features

बीबीसी, २१ मंसीर । राजधानी काठमाडौं लगायत देशभर देखिएको वायुप्रदुषण कम गर्न मन्त्रीपरिषद तथा प्रधानमन्त्री कार्यालयको पहलमा शिघ्र कार्यदल नै गठन गरिएको छ ।

जसमा विभिन्न मन्त्रालय, काठमाडौं महानगरपालिका, ट्राफिक प्रहरी र वातावरण विभाग लगायतका प्रतिनीधीहरु छन् । सरकारी गाडीबाट निस्कने धुवाँको परीक्षण गरी त्यो मापदण्ड अनुसार रहे नरहेको जाँच गर्न थालिएको बताइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रमान गुरुङले राजधानीमा बढिरहेको धुलो र सावारी साधानले फ्याक्ने धुवाँका कारण मानिसहरुको आँखा, तथा फोक्सोमा गम्भीर समस्या देखिएको आफूहरुले पाएको बताए । उनले यसको समाधानका लागि खानेपानीले खनेका सडक तथा सडक विस्तारका क्रममा भत्किएका सडक छिटो भन्दा छिटो मर्मत गर्न निर्देशन दिइएको पनि बताए । सडकको दुरावस्थाका कारण निस्किएको धुलो पनि वायुप्रदुषणको मुख्य कारण मानिएको छ । सवारी साधनबाट निस्किने धुवाँले त झन वायु प्रदुषण निकै तिव्र रुपमा गराइरहेको छ । 

अहिले प्रदुषण मापन गरिएका स्थानमा कपालका व्यास जत्रा शुष्म कर्ण र कपालको व्यास भन्दा साना कर्ण त झन् त्यसको दोब्बर बढी पाइएको विज्ञहरु बताउँछन् । वातावरण विभागकी उपमहानिर्देशक सफला श्रेष्ठका अनुसार,जनचेतना अभिवृद्धि गर्ने कार्यका साथै, खुल्ला रुपमा फोहोर जलाउने कार्यलाई रोक्ने निर्णय भइसकेको र यो सूचनाका रुपमा छिट्टै आउने छ ।

सवारी साधनको वातावरणिय मूल्यांकन गर्ने ग्रीन स्टिकरलाई प्रभावकारी बनाउने र हाल एउटै मात्र रहेको सवारी साधनको धुवाँको परीक्षण गर्ने उपकरणको संख्या २ महिनाभित्र ४० वटा पुर्याउने बताइएको छ ।
 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts