विपन्न बिरामीको सकस : जनस्वास्थ्यले कागज नदिदा डिस्चार्ज हुन् पाएनन्

What's This?


Download our app to get more features

काठमाडौं,२३ मंसिर ।  नेपाल सरकारले विपन्नवर्गको उपचारको लागि छुट्याइएको सहुलियत प्राप्त गर्न सर्वसाधारणलाई निकै सकस पर्ने गरेको छ ।कतिपय विरामीहरु यस सहुलियतका बारेमा अनभिज्ञ हुन्छन् । थाहा पाएका विरामीले पनि सहुलियत लिन झन्झटिलो हुने गरेको गुनासो पोख्छन् । 

२०६२ सालमा विपन्न वर्गको लागि नेपाल सरकारले हृदय रोग, क्यान्सर, अल्जाइमर, रेनल फेलियर, पाकिन्सन, हेड र स्पिनल चोट, सिंक सेल एनिमिया र स्ट्रोकको उपचारको लागि विपन्न नागरिक कोषको स्थापना गरेको थियो । जसमा विरामीलाई एक लाख सम्मको रकम उपलब्ध गराउने प्रावधान छ । 

मुटु रोग सम्बन्धी उपचारको लागि नेपालका आठवटा अस्पतालमा उपचार गरेमा विपन्नवर्गको लागि एकलाखसम्मको सहुलियत उपलब्ध छ । यसको लागि सम्बन्धित वडा कार्यालयको सिफारिस पत्रसहित उपचार गरेको अस्पतालको प्रेसक्रिपसन कागजातसहित सम्बन्धित जनस्वास्थ्य कार्यालयले तयार गरेको पत्र आवश्यक पर्दछ ।  

७४ बर्षीया एन्जी शेर्पा मुटुको अपरेशनको लागि मंसिर १८ गते शहिद गंगालाल हृदय केन्द्रमा भर्ना भएकी थिइन् । उनको अपरेशन मंसिर २० गते पुरा भएको थियो । अपरेशनपछि उनका नाती सुरज बहादुर तामाङले अस्पतालबाट डिस्चार्ज गर्न आर्थिक अभाव भएको अस्पताल प्रशासनलाई जानकारी गराएका थिए । डिस्चार्जको लागि ७५ हजार रकम अस्पताललाई बुझाउनुपर्ने थियो । उनको कमजोर आर्थिक अवस्था देखेर अस्पतालमा कार्यरत कर्मचारीले तामाङलाई जिल्ला जनस्वास्थ्य कार्यालयबाट उपचारको लागि पत्र ल्याए एकलाखसम्मको विपन्न नागरिक कोषबाट सहुलियत हुने जानकारी गराएका थिए ।  

अस्पतालमा उपचार गरेको कागजात र काठमाडौं ७ नम्बर वडा कार्यालयबाट आर्थिक सहायताको लागि सिफारिस पत्र बोकी उनी बिहीवार जिल्ला जनस्वास्थ्य कार्यालय टेकु पुगेका थिए । तर जनस्वास्थ्यका कर्मचारीले उनलाई अस्पतालमा विरामी भर्ना भएदेखिको सबै कागजातको फोटोकपी बुझाउन पर्छ भनेर फर्काए ।

'अस्पतालको प्रेसक्रिपसन कागजात र वडा कार्यालयको सिफारिस बुझाउदा पनि जनस्वास्थ्यका कर्मचारीले मानेनन्' उनले भने 'यसबारेमा बुझ्न खोज्दा कार्यालयका कर्मचारीले मलाई उल्टै हप्काए ।' 
बिहीवार जनस्वास्थ्य कार्यालयले पत्र तयार नगरिदिँदा उपचार सम्पन्न भइसकेको आफ्नी हजुरआमालाई डिस्चार्ज गर्न नसकेको नाती सुरजले दुखेसो पोखे । 
सबै कागज बुझाउँदा समेत कर्मचारीले अनावश्यक दुख दिएको उनले गुनासो गरे ।  

उनी एक प्रतिनिधि पात्र मात्रै हुन् । उनीजस्तै कयौंले यस विपन्न नागरिक कोषबाट उपचार सहुलियत लिनपाएर उपचारको अभावमा रोग बोकेरै घर फर्किनेहरु थुप्रै भेटिन्छन् । 

Last modified on 2017-12-10 10:00:48

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts