काठमाडौंमा भुस्याहा कुकुर आतंक

एक महिनामा तीन हजारले लगाए रेबिजविरुद्धको खोप



Download our app to get more features

काठमाडौं, २४ मंसिर । केही समय यता काठमाडौंमा भुस्याहा कुकुरको आतंक बढेको छ । भुस्याहा कुकुरले टोकेकै कारण कत्तिक महिनामा तीन हजार भन्दा बढीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेबिजविरुद्धको खोप तथा उपचार सेवा लिएका छन् । 

अस्पतालले कात्तिक महिनामा तीन हजार १६ जनाले रेबिजविरुद्धको उपचार तथा खोप लगाएको जनाएको छ । यो संख्या असोजको भन्दा अझै कम हो । असोजमा तीन हजार एक सय ९० जनाले रेविजविरुद्धको खोप लगाएका थिए । अस्पतालका डा. शेरबहादुर पुनले यो संख्या अझै बढी भएको हुनसक्ने बताए । उनका अनुसार कतिपय मानिस कुकुरले टोके पनि अस्पताल नै आउँदैनन् । 

के हो रेबिज ?
रेबिज एउटा प्राणघातक रोग हो बेलैमा सचेत नभए यसले ज्यानै लिन्छ । रेबिज लागेका पशुको टोकाइ तथा र्यालको सम्पर्कबाट मानिस वा जनावरमा सजिलै सर्न सक्छ । 
तीन महिना भन्दा बढी उमेरका सबै कुकुर तथा बिरालोलाई नजिकको जिल्ला पशु सेवा कार्यालय, पशु सेवा केन्द्र, पशु सेवा उपकेन्द्रमा लगि वर्षमा एक पटक रेबिजविरुद्धको सुई लगाउनु पर्छ । यस्तो कार्यबाट पाल्तु जनवारलाई रेबिज लाग्नबाट जोगाउन सकिन्छ । रेबिज लागेपछि उपचार हुँदैन तर, समयमै स्वास्थ्य संस्था पु¥याए सजिलै बच्न सकिन्छ । 

यस्तो अवस्थामा रेबिजविरुद्धको खोप लगाउनु पर्छ 
– मानिसलाई टोकेको जनावरमा १० दिनभित्र रेबिजका लक्षण देखिएमा वा प्रयोगशालाबाट रेविज प्रमाणित भएमा । 

– टोक्ने जनावर चिनिएन, १० दिनभित्र मर्यो,  मारियो वा बेपत्ता भएमा । 

– मांसहारी जंगली जनावरले अकस्मात आक्रमण गरी घाइते बनाएमा ।
– बहुला जनावरको र्याल आलो घाउ भएको भागमा लागेमा ।

– र्याल निकालिरहेको जनावरको मुखमा हात हाल्दा घाउ भएमा 

– रेबिजको लक्षणयुक्त व्यक्तिले टोकेमा वा आँखामा नै पर्ने गरी थुकेमा ।

– रेबिज रोगीको जुठो खाएमा 

यस्तो अवस्थामा खोप नलगाए पनि हुन्छ 
–  आलो घाउ नभएको भागमा ¥याल लागेमा खोप नलिने । तर साबुन पानीले राम्रोसँग धुने ।

–  पशुको मुखमा हात हाली औषधि खुवाउँदा घाउ नभएमा । तर हात साबुन पानीले राम्रोसँग धुने ।

–  रोगको लक्षण देखिनुपूर्व रोगीको जुठो खाएमा ।

–  रेबिज रोग लागेको जनावरको दुध पिएमा । 

–  घरखेतको मुसा, छुचुन्द्रले टोकेमा रेबिजविरुद्धको खोप नलिने । तर टिटानसको सुई लिने ।

– देवस्थलमा भएका बादरले केही चिज खोस्दा टोकेमा खोप नलिने, तर एकै पटक एकै समयमा धेरैलाई टोकेमा चिकित्सकको सल्लाह अनुसार खोप लिने । 

Last modified on 2017-12-11 10:58:31

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts