खुट्टाको सट्टा छातीको एक्सरे भएपछि...



Download our app to get more features

काठमाडौं, २५ मंसिर । राष्ट्रिय ट्रमा सेन्टरमा खुट्टाको उपचार गर्न आएका लमजुङका कृष्णबहादुर शाहीको अस्पतालले खुट्टाको सट्टा छातीको एक्सरे गरेर पठाएको छ । खुट्टा दुख्ने समस्या भएपछि उपचारका लागि सोमबार बिहान अस्पताल आएका उनलाई खुट्टाको एक्सरे गर्न डाक्टरले सल्लाह दिएका थिए । तर, डाक्टरले लेखेको अक्षर रेडियोलोजिष्टले नबुझेपछि छातीको एक्सरे गरेर पठाइदिएका हुन् । 

ट्रमा सेन्टरमा दिउँसो भेटिएका कृष्णबहादुरले भने ‘उपचार सकेर घर जानु पर्ने बेलामा फेरी एक्सरे गर्नुपर्ने भयो ।’ एक्सरे रिर्पोट डाक्टरलाई देखाउन जाँदा घटना सार्वजनिक भएको हो । उनलाई डाक्टरले पुन खुट्टाको एक्सरे गर्न भनेका छन् । अस्पताल कर्मचारीको लापर्वाहीले पीडा बढाइदिएको उनको दुखेसो छ । ‘अस्पताल आएको पहिलो दिनमै यस्तो भयो बाँकी उपचार कसरी गराउने होला । मलाई त डर लाग्न थालेको छ ।’ उनले भने ।

यस्तो भएको थियो एक्सरे कक्षमा
डाक्टरले लेखेको कागज बोकेर एक्सरे कक्षमा गएका कृष्णबहादुरलाई रेडियोलोजिष्टले कागज हेरेर उभिन लगाए । उनले भने ‘उभिदा पुरै शरीरको एक्सरे आउँछ होला भन्ने ठानेँ । तर, मलाई के थाहा छातीको मात्र आउँछ भनेर । पछि फेरी रेडियोलोजिष्टकोमा जाँदा डाक्टरले लेखेको अक्षर नबुझ्दा यस्तो समस्या भएको बताए ।’ छोटकरीमा लेखेको ‘सी’ (चेष्ट) र एल (लेग) अक्षर स्पष्ट नहुँदा यस्तो भएको अस्पतालले जनाएको कृष्णबहादुरका आफन्तले बताए । 
 

Last modified on 2017-12-14 12:06:43

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

1 Comments

  1. yas mata L/S spine dekhin6 ajha left l/s spine khutta ko kura kaha bata aayo ra aarko kura radiologist le x ray nai gardaina x ray garne vaneko radiographer le ho ra kura rayo chest x ray ko tiota ya news ma ullekh nai gariyana faltu ma aafno palo dhila aayo hola ya palo kurana aal6i lagio hola ani radiographer ko bejat garna khojiya ko matra ho...


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts