जापानले नेत्र उपकरण दिने 



Download our app to get more features


काठमाडौँ, २६ मंसिर (रासस) : जापान सरकारले काठमाडौँको गोकर्णेश्वर नगरपालिकास्थित ग्रामीण स्वास्थ्य शिक्षा तथा सेवा केन्द्र (रेक्स)लाई आँखाजाँचसम्बन्धी विभिन्न उपकरण खरिद गर्न करिब रु ४६ लाख अनुदान दिने भएको छ । 

सो अनुदानसम्बन्धी सम्झौतामा आज जापानी राजदूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा र रेक्सका अध्यक्ष बलप्रसाद शाहीले हस्ताक्षर गरे । सम्झौतानुसार उक्त अनुदानबाट माइस्क्रोकोप, स्लिट ल्याम्प, रेभटिनोष्कोपलगायत अत्याधुनिक उपकरण खरिद गरी केन्द्रबाट गोकर्णेश्वर नगरपालिलगायत साँखु नाङ्लेभारेका बासिन्दालाई आँखा जाँचसम्न्धी सेवा उपलब्ध गराइनेछ । 

पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले सहयोग सानो भए पनि ग्रामीण जनताको स्वास्थ्यसँग जोडिएको र साँकेतिक महत्वको रहेको बताउँदै भोजपुरका प्रत्येक विद्यालयमा डिजिटल लर्निङ सेन्टर खोलिने जानकारी दिए ।

जापानी राजदूत ओगावाले सन् १९८६ मा जापानी नर्स मासाको यामाने र एक जापानी संस्था जापान नेपाल मानव विकास संघको सहयोगमा स्थापित रेक्सले गोकर्णेश्वर वरपरका जनतालाई सेवा पुर्याइरहेकाले उपकरण सहयोग गरिएको बताउँदै सो सहयोगले विभिन्न स्थानमा नेत्र शिविर सञ्चालन गरी सेवा पुर्याउन सकिने विश्वास व्यक्त गरे ।  

संस्थाका संरक्षक पूर्व नर्स मासाकोले आफूले नेपालमा कार्यरत जापानी डा इतारो प्रोजिनको प्रेरणामा नेपाल आई संस्था स्थापना गरेको र यसबाट ग्रामीण भेगका जनतालाई सहयोग पुगेको जानकारी दिए । 

रेक्सका अध्यक्ष शाहीले गोकर्ण, साँखुलगायत ग्रामीण क्षेत्रका असहायलाई विभिन्न स्वास्थ्य सेवा पु¥याइरहेको संस्थालाई उपकरण सहयोग गरकोमा जापानी राजदूत र सहयोग प्रस्ताव अघि बढाउने भोजपुरे सेवा समाज काठमाडौँका अध्यक्ष पासाङदोर्जे शेर्पालगायतलाई धन्यवाद दिए । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts