यसकारण हुन्छ महिनावारीमा गडबड



Download our app to get more features

काठमाडौं । पछिल्लो समय महिलाहरू आफ्नो स्वास्थ्यप्रति निकै जागरुक र सचेत बन्दै गएका छन् तर यौन तथा प्रजननका बिषयमा त्यति खुलेको पाइँदैन । जसले गर्दा यौन तथा प्रजनन स्वास्थ्यका बिषय प्रायः गोप्य नै रहन्छन् । यस्तै मध्येको एक हो महिनावारीमा गडबडी । हरेक महिलामा महिनावारी अनियमित हुने कारण फरक फरक हुने गर्छ । हर्माेनको गडबडी हुनु, डिम्बासयमा कुनै रोग लाग्नु, गर्भपतन गराउनु,  गर्भनिरोधक चक्कीको जथाभावि सेवन गर्नु अनियमित महिनावारीको मुख्य कारण हुन् । 

रजस्वला प्रायः सबैमहिलामा ३० दिनको फरकमा हुन्छ । सुरु अवस्था देखि नै २५ दिनमा भइरहेको छ वा ४० दिनमा भरहेको छन भने यो सामान्य हो । महिनावारी हर्मोनको कारणले हुन्छ भने गडबडी पनि हर्माेनकै कारणले हुनेगर्छ । महिनावारी गडबड भएकोले अरु रोग लाग्दैन तर अरु रोगका कारण महिनावारी गडबड हुन्छ । महिनाबारी गडबड भएमा कारण पत्ता लगाइ उपचार थाल्नुपर्छ । 

गर्भ सम्बन्धी कुनै रोग भएमा, पाठेघरको रोग, अण्डाशायमा समस्या भए महिनावारी गडबड हुन सक्छ । आइपिल चक्की खाँदा पनि महिनावारी गडबड हुन्छ ।

(डा. ज्योति अग्रवाल संग गरिएको कुराकानीको आधारमा निशा शर्माको प्रस्तुती)

Last modified on 2017-12-14 12:05:44

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts