म्याग्दी सदरमुकाममा सुविधासम्पन्न अस्पताल निर्माण हुँदै



Download our app to get more features

बेनी (म्याग्दी), २७ मंसिर । म्याग्दीको सदरमुकाम बेनीमा ५० श्यया क्षमताको सुविधासम्पन्न अस्पतालको भवन निर्माण कार्य शुरु भएको छ । 

करिब रु १९ करोड लागतमा निर्माण गर्न लागिएको बेनी अस्पतालको भवन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय, बागलुङले ठेक्कामार्फत काम शुरु गरेको हो । 

चार हजार ९ सय ६३ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने सो भवन चार तलाको रहनेछ । वि.सं. २०७३ मंसिर २१ गते महादेव खिम्ती ज्वाला सफिना जेभीले ठेक्का पाएको सो भवन निर्माण कार्यको मंगलबार बेनी अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मी र जिल्ला स्वास्थ्य प्रमूख रोशन न्यौपानेले संयुक्तरुपमा शिलान्यास गरेका हुन् । 

भूकम्प प्रतिरोधी क्षमताको निर्माणाधीन भवन अपांगमैत्री हुने अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । यो भवन म्याग्दीमा हालसम्म निर्माण भएकामध्ये सबैभन्दा ठूलो र धेरै लागतको भएको इञ्जिनियर प्रकाश अर्यालले जानकारी दिए ।

रासस

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts