प्रतिबन्धित कलेजमा विद्यार्थी पठाउन इक्यानको दबाब



Download our app to get more features

काठमाडौं,२७ मंसिर । नेपाल मेडिकल काउन्सिलले बंगलादेशका कलेजमा अध्ययन गर्न जान रोक लगाएपछि कन्सल्टेन्सी संञ्चालहरुको संस्था इक्यान नेपालका पदाधिकारीले काउन्सिललाई विद्यार्थी पठाउने बाटो खुला गर्न दबाब दिएका छन् । 

एमबीबीएस तथा बिडीएस तह अध्ययन हुने बंगलादेशका ३७ मेडिकल कलेजमा समस्या देखिएपछि काउन्सिलले अध्ययन गर्न जान प्रतिबन्ध लगाएको थियो । काउन्सिलको गत साता बसेको पूर्ण बैठकले बंगलादेशका मेडिकल कलेजमा विद्यार्थी पढाउन रोक लगाउने निर्णय गरेपछि इक्यानका महा–सचिव सहितको टोली काउन्सिल पुगेर दबाब दिएका थिए । 

तर काउन्सिलको इलिजिबिलिट समितिका सदस्यहरुले कन्सल्टेन्सी संञ्चालकहरुको दबाब आए पनि कुनै पनि हालतमा बंगलादेशका प्रतिबन्धित कलेजमा विद्यार्थी नपठाउने बताएका छन् ।
बंगलादेशस्थित नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयलाई ९ कात्तिकमा पत्राचार गर्दै ३७ कलेजमा समस्या देखिएकाले कारबाही गर्न जानकारी गराएपछि मन्त्रालयले काउन्सिललाई त्यस बारे जानकारी गराएको थियो । 
मन्त्रालयबाट काउन्सिलले समस्याग्रस्त कलेजको बारेमा जानकारी पाएपछि ३७ कलेजमाथि प्रतिबन्ध लगाएको थियो । 

प्रतिबन्ध लगाउने विषयमा पनि काउन्सिल भित्र पदाधिकारीहरुको स्वार्थ बाँझिएको थियो । यसै क्रममा कन्सल्टेन्सी संञ्चालकहरुले दूतावासको पत्रका आधारमा कलेजमाथि प्रतिबन्ध लगाउन नहुने भन्दै फुकुवा गर्न काउन्सिल पदाधिकारीलाई दबाब दिएका हुन् । 

‘कलेजको अवस्था बुझेरमा मात्र पढ्न जानु उपयुक्त हुन्छ’

डा. चोपलाल भुषाल, राजदुत, नेपाली दुतावास, बंगलादेश

सरकारी कलेज तुलनात्मक रुपमा नीजि कलेजभन्दा राम्रा छन् । धेरै जसो नीजि कलेजमा पठनपाठन र पूर्वाधारको समस्या छ । त्यसैले कलेजको अवस्थाका बारेमा बुझेर मात्र बंगलादेश आउन अनुरोध गर्छौं । 
नीजि कलेजले विदेशी विद्यार्थीलाई पढाउँदा बढी पैसा कमाउने भएकाले ती कलेजहरुले बढीभन्दा बढी विदेशी विद्यार्थी भर्ना गरिरहेका छन् । नेपाली विद्यार्थीबाट कलेजले न्यूनतम रु. ३५ लाखदेखि ६० लाखसम्म लिन्छन् । नेपालबाट बंगलादेशमा विद्यार्थी पठाउँदा एजेन्टहरुले आर्थीक फाईदा गर्ने भएकाले समस्याग्रस्त कलेजमा विद्यार्थी पठाउने काम भइरहेको छ । 

सिटि कलेजमा चार मसिनादेखि पढाई ठप्प भएपनि नेपाली विद्यार्थीलाई कलेजले एजेन्ट लगाएर पढ्न बोलाएको छ । यस्तो काममा नेपालका कन्सल्टेन्सीको संलग्न छन् । त्यसैले अब अभिभावक नै सचेत बन्नु पर्ने अवस्था आएको छ । आफ्ना छोराछोरीलाई बंगलादेशका कलेजमा पढ्न पठाउनु अघि कलेजको अवस्थाको बारेमा राम्रोसँग बुझौँ । 

Last modified on 2018-03-27 04:42:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts