यसकारण बढ्दैछन् मानसिक रोगी

मानसिक रोग एक पटक लागेपछि पटक पटक दोहोरिन सक्छ



Download our app to get more features

काठमाडौं,२८ मंसीर । ललितपुरस्थित मानसिक अस्पतालमा उपचार गर्न आउने पुरुषको संख्यामा बढ्दो छ ।

विभिन्न अध्ययनले मानसिक रोगी महिलाको संख्या बढी रहेको जनाए पनि अस्पतालमा उपचार गर्न आउने संख्या पुरुषको बढी हुनु गम्भीर बिषय हो । पुरुषको संख्या बढी हुनु भनेको बिरामी महिलाको संख्या कम छ भन्न मिल्दैनन । नेपाली समाजमा अझै पनि छोराले बाबुआमालाई पाल्नुपर्छ वा घर व्यवहार चलाउने व्यक्ति पुरुष नै हो भन्ने मान्यता रहेकाले पुरुष बिरामी हुनासाथै अस्पताल ल्याउँछन । बिरामी भए पनि महिलालाई अस्पताल नल्याउँदा पुरुषको संख्या बढी देखिएको हो ।

यद्यपि, पुरुषहरूले लागूपदार्थ सेवन, मद्यपान गर्ने भएकाले कही मात्रामा मानसिक रोगीको संख्या भने बढ्दो छ । यस बाहेक सामाजिक कुसंस्कार, कुरितिले पनि मानसिक रोग बढाउन सहयोग गरिरहेको छ । अस्पताल आएका मध्ये कोही प्रेममा धोका खाएर बिरामी भएका छन्, कोही आफन्तले अपमान गरेका कारण बिरामी भएका छन् । अस्पताल आएका कतिपय पुरुष श्रीमतीले धोका दिएपछि रोगी बनेका छन् ।

मानसिक रोग एक पटक लागेपछि पटक पटक दोहोरिन सक्छ । जुनबेला मानिसमा तनाव बढ्छ ऊ फेरी बिरामी पर्न सक्छ । त्यसैले रोग लाग्न नदिनु नै बुद्धिमानी हो ।
पछिल्लो समय मानसिक अस्पतालमा दैनिक जसो १० देखि १५ जना सम्म बिरामी भर्ना हुने गर्छन । कोही बिरामी विदेशको बसाईबाट मानसिक सन्तुलन गुमाएको अवस्थामै आएका छन भने कोही र्दुव्यशनका कारण मनोरोगी भएका छन् । 

यसरी जोगिन सकिन्छ मानसिक रोगबाट
— स्वस्थ र सादगी जीवनशैली अपनाउने
—    लागूपदार्थ सेवन नगर्ने ।
—    तनावपूर्ण जीवनशैली नअपनाउने ।
—    मानसिक रोगको संका लागे स्वास्थ्य परीक्षण गर्ने ।
—    

Last modified on 2017-12-14 16:09:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts