सेता देखिदैमा दाँत स्वस्थ हुन्छन् भन्ने ग्यारेन्टी छैन् !

बच्चाको दाँतमा देखिने धब्बा दाँतको सुरक्षाकवच



Download our app to get more features

बीबीसी,२८ मंसीर । भर्खरै गरिएको एक अध्ययनले १८ देखि ५२ प्रतिशतसम्म मानिस आफ्नो दाँतलाई लिएर असन्तुष्ट हुने गरेका छन् ।

खासगरी दाँतमा देखिने पहेँलोपन र चम्किलो दाँत नभएका मानिसहरु आफ्ना दाँतप्रति असन्तुष्ट रहेको अध्ययनले देखाएको छ । अमेरीकामा दाँत सफा गर्न डेन्टल हस्पिटल पुग्नेको संख्या निकै धेरै रहेको छ । यसैगरी ब्रिटेनमा पनि पहेँला दाँत हुनेहरु मजाकको पात्र बन्ने गर्दछन् ।

अध्ययनले यो पनि देखाएको छ की हरेक चम्किला र सेता दाँत स्वस्थ हुन्छन् भन्ने छैन् । कतिपय अवस्थामा हेर्दा टल्किने र स्वस्थ देखिने दाँत पनि वास्तवमा भित्रभित्रै अस्वस्थ पनि हुन सक्दछन् । वास्तवमा सबैका दाँत सेता हुदैनन् । मानिसपिच्छे दाँतका रङग पनि फरक–फरक हुने गर्दछन् ।

दाँत पहेँलो वा सेतो हुुनुमा  दाँतको प्रकार, दाँतको रङग,  खानपान तथा वंशाणुगत गुणले प्रभाव पारिरहेको हुन्छ । यसैगरी कतिपय मानिसले सेवन गर्ने गरेका बिडी, चुरोट, तमाखु, गुट्का खैनिका कारण पनि दाँतको रङगमा परिवर्तन तथा अस्वस्थकर दाँत हुने गर्दछ । यतिमात्र नभएर हामीले विभिन्न रोगको उपचारका लागि सेवन गर्ने औषधिले पनि दाँत बिग्रन सक्दछ । उमेर बढेसँगै हाम्रो दाँतको बाहिरी भागमा रहने इनामेल पनि घट्दै जाने गर्दछ र दाँतको रङगमा पनि  परिवर्तन आउने गर्दछ । 

हामीले खाने टोमेटोसस, कफीको सेवनले पनि दाँतको रङमा पहेँलोपना बढाउन मद्दत गर्दछ । यी पदार्थमा क्रोमोजीन नामक केमिकल हुने गर्दछ जस्ले दाँतको सौन्दर्यमा ह्रास ल्याइदिने गर्दछ । यसैगरी दाँत तथा मुखको सरसफाई नियमित नगर्दा दाँतमा किटाणु उत्पन्न हुने गर्दछ जस्ले मानिसको दाँत हरियो, पहेँलो जस्तो देखिने गर्दछ । 

दाँतका बारेमा प्रयोग गरिने प्रयोगशालामा मानिसका अलवा जनावरका दाँतलाई पनि विभिन्न केमिकल हालेर त्यसपछिको असरका बारेमा अध्ययन गर्ने गरिन्छ । न्ययोर्क यूनिभर्सिटीका डाक्टर मार्क वूल्फले एकपटक गाईको दाँतलाई लिएर विभिन्न किशिमका प्रयोग गरेका थिए । उनले गाईका दाँतमा ब्लेक टी, रेड तथा व्हाइट वाइनमा डुबाएर राखेका थिए र ब्लेक टीले दाँतको रङग परिवर्तन भएको थियो । 

धेरै चिज खाने गर्दा दाँतको रङमा परिवर्तन आउने गर्दछ । दाँतको रङ परिवर्तन हुदैमा त्यो दाँत अस्वस्थकर छ भन्न नसकिने बीबीसीले लेखेको छ । हाम्राो मोतिजस्ता देखिने दाँत पनि क्याबिटी तथा गिजा इन्फेक्सनको शिकार हुन सक्दछन् । कतिपटक हामी गिजाको जरामा देखिने कालो धब्बालाई लिएर अत्यन्तै चिन्तित पनि बनिरहेका हुन्छौं । तर हालै गरिएकोअध्ययनले त्यो धब्बा कुनै संक्रमण वा रोग नभइ दाँतकै सुरक्षाका लागि बनेको मजबुत छाला हो जस्मा क्याल्सियम,फोस्फरस तथा आइरन मिलेको हुन्छ जस्ले गर्दा गिजमुनी कालो देखिने गर्दछ ।

जुन बच्चाको दाँतमा यस्तै प्रकारको कालो धब्बा देखिने गर्दछ उनीहरुको दाँत छिट्टै खराब नहुने बरु उक्त धब्बाले सुरक्षा कवचको काम गर्ने अध्ययनले देखाएको छ । तर यसको मतलब यो होइन की दाँतमा लागेका हरेक धब्बा दाँतका हिफाजतमा हुन्छन् । कतिपय धब्बा दाँतका लागि हानिकारक पनि हुन सक्ने भएकाले यस्तो देखिनासाथ डाक्टरकोमा गएर एकपटक सल्लाह गर्न जरुरी छ ।

Last modified on 2017-12-15 07:55:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts