सुत्केरी मृत्यु प्रकरण

व्यवसायीको दबाबमा कालिकोट अस्पतालले गर्यो चन्द्राको अफन्तसँग सहमति



Download our app to get more features

कालीकोट, २८ मंसिर । सुत्केरी अवस्थामा शल्यक्रिया गर्दा अस्पतालका डाक्टरको लापर्बाहीका कारण ज्यान गुमाएकी चन्द्रा शाहको मृत्युको घटनालाई लिएर कालीकोटमा व्यवसायीको दबाबमा ६ बुँदे सहमति भएको छ । 

कालीकोट उद्योग वाणिज्य संघको समन्वयमा जिल्ला प्रशासन कार्यालय कालीकोटमा सरोकारवाला निकायसँग छलफलमा ६ बुँदे सहमति भएको हो । 

कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रे, जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाही, जिल्ला अस्पताल कालीकोटका प्रमुख कौशल अलि, खांडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डे, राजनीतिक दलका प्रमुख र पीडित पक्षका आफन्तसँगको छलफल भएको छ । 

उक्त छलफलबाट जिल्ला समन्वय समिति, कालीकोटका प्रमुख अनिपाल शाहीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन, शल्यक्रियामा संलग्न डाक्टर कौशल अलि र महेश्वर गोसाइलाई छानबिन र उपचारमा प्रयोग भएका सामग्रीलाई उचित अनुसन्धान गर्ने, सो घटनाको केन्द्रीयस्तरमा छानबिनका लागि समिति गठन गर्ने, जिल्ला अस्पताल कालीकोटमा दक्ष जनशक्ति र साधन स्रोतका लागि विशेष व्यवस्थाका लागि पहल गर्ने र मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्थाका लागि पहल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले बताए । 

कालीकोट जिल्लामा यस अघिका डाक्टर सुमन ढकालबाहेक अन्य प्रमुखले उपचारमा ध्यान नदिएका कारणले सुत्केरी महिलाको ज्यान जाने गरेको छ । 

अहिलेका कार्यालय प्रमुख डा कौशल अलिले साधन स्रोतको प्रयोग उचित किसिमले नगरेर बेवास्ता गरेको स्थानीयले आरोप लगाएका छन् । मृतक चन्द्रा शाहको मृत्यु जिल्लामा भएको तर डाक्टरले आफूहरु निर्दाेष सावित हुनका लागि मात्र जीवित नै रहेको बताएका थिए । हेलिकप्टरबाट काठमाडौँको महाराजगञ्ज अस्पतालमा नपुग्दै चन्द्रा शाहको मृत्यु भइसकेको आफन्तले बताएका छन् । 

यसअघि जिल्लामा पाँचजना महिला सुत्केरीका लागि उपचारमा आउँदा जिल्ला अस्पताल कालीकोटमा उचित ढंगले उपचार नभएका कारण मृत्यु भइसकेको छ । 


रासस

Last modified on 2017-12-14 16:15:19

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

2 Comments

  1. अब यस्तै हो भने कालीकोट जस्तो दुर्गम मा डा कोही जाने छैन। यी कुरा ब्यबसायी, नागरिक समाज, राजनैतिक पार्टीहरुले सत्य तथ्य के हो बुझ्न अति आबश्यक छ। होइन भने आज एक आमा उपचारको क्रममा निधन भएको कुरा भन्दा भोली डाक्टर नभएर कैयौ मानिसको ज्यान जाने छ।

  2. Dr laxmi Rc obs/Gynaecologists PAHSon Thu, Dec 14 2017 04:25 PM

    Caesarean ko complication or bachha pauda ko complicationk hunchha vanera thaha napaune lamphu patra kar le bigya ko salaha bina kasari dr ko laparbahi vanna sakeko??? Testo durgam ma pani sewa di rakhya chan danyabad vannu ko sato esto lekhidine?? Ani kohi dr baseman vanne ! Aba dami jhakri mai farkanus Source: https://news.hamrodoctor.com/detail/7645#.WjIeqByPt0E.facebook


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts