९ वर्षिया ब्लड क्यान्सर पीडित बालिकालाई ओमको आर्थिक सहयोग



Download our app to get more features

काठमाडौं, २९ मंसिर । ब्लड क्यान्सर पीडित बालिकालाई ओम अस्पतालले आर्थीक सहयोग गरेको छ । 

उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले ओम अस्पतालले क्यान्सर पीडित बालिका क्रिस्टिना भण्डारीको जीवन रक्षार्थ दुई लाख ७ हजार १ सय ५५ रुपैयाँ सहयोग गरेको हो । 

हस्पिटलमा बिहिवार आयोजित कार्यक्रममा हस्पिटलका अध्यक्ष डाक्टर भोला रिजाल र हस्पिटलका संचालक तथा ओम हेल्थ क्याम्पसका अध्यक्ष विजय मल्लले भण्डारीकाबुबा कृष्ण भण्डारीलाई उक्त आर्थिक सहयोग हस्तान्तरण गरेका हुन । 

कपिलवस्तु नगरपालिका वडा नम्बर ८ स्थायी घर भई हाल काठमाडौ मैजुबहाल बस्ने भण्डारी, कृष्ण भण्डारी र प्रकृति भण्डारीकी एक्ली छोरी हुन । उनि न्यू इङलिस स्कुलमा कक्षा ४ माअध्ययनरत क्रिस्टिना  ९ वर्षीकी छन् । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts