५५ शय्याको तुलसा मदर एण्ड चाइल्ड हस्पिटल स्थापना



Download our app to get more features

विराटनगर, २९ मंसिर । विराटनगरको जहदा रोडस्थित न्यूरो कार्डियो एण्ड स्पेसियालिटी हस्पिटल प्रा.लि.ले सेवा विस्तार गरेको छ । विराटनगरको महेन्द्र चोकमा न्यूरोले तुलसा मदर एण्ड चाइल्ड अस्पतालको स्थापना गर्दै सेवा विस्तार गरेको हो  । 

५५ शय्या सो अस्पताल शुक्रबारबाट सञ्चालनमा आएको छ ।  करिब सात करोडको लागतमा सञ्चालनमा आएको अस्पतालबाट स्त्री तथा प्रसूति र नवजात शिशु तथा बालरोग उपचार सेवा मात्रै प्रदान हुनेछ । 

मातृशिशु सम्बन्धी उपचारलाई थप व्यवस्थित बनाउने उदेश्यले सेवा  विस्तार गरेकोे अस्पतालका प्रबन्ध निर्देशक डा. विरेन्द्रकुमार विष्टले जानकारी दिए । अस्पतालमा २४ घन्टा इमरजेन्सी, प्याथोलोजी, भ्यान्टिलेटर, अप्रेसन, नेवुलाइजेसन, डेलिभरी, टेस्टट्युब बेबी सेवा तथा खोप तथा मातृशिशु लगायतका सेवा संचालन हुने जनाइएको छ । 

१७ वर्षदेखि विराटनगरमा न्यूरो कार्डियो एण्ड मल्टी स्पेसियालिटी हस्पिटलले सेवा पु¥याउदै आएको छ ।सो अस्पतालमा भारतको सिमावर्ती क्षेत्रबाट समेत बिरामी उपचारका लागी आउने गर्छन् । 

चारवर्षको अवधिमा अस्पतालले चार हजार मस्तिककोे सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

चाइल्ड अस्पतालमा अहिले बच्चाको लागि नवजात तथा बालरोग विशेषज्ञ वरिष्ठ डा. सुरेशप्रसाद साह र प्रसूतिमा स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. रेनुका राठीले सेवा प्रदान गर्ने छन् ।

सात शय्याको एनआइसियू 
तुलसा मदर एण्ड चाइल्ड अस्पतालमा सात शय्याको एनआइसियू रहेको छ । आधुनिक प्रकारको उपकरण जडान गरिएको छ । अहिले दुईवटा भेन्टिलेसन रहेको सो एनआइसियूमा अन्य मेशिन पनि थप गरिने अस्पतालले जनाएको छ । 

सचेतनामूलक ¥याली 
न्यूरो कार्डियो एण्ड मल्टी स्पेसियालिटी हस्पिटलले शुक्रबार बिहान सचेतनामूलक ¥याली निकालेको छ । हस्पिटल परिसरबाट निकालेको ¥यालीले विराटनगर महानगरपालिका परिक्रमा ग¥यो । ¥यालीमा सहभागी नर्स, विद्यार्थी तथा चिकित्सहरूले सचेतनामूलक प्लेकार्ड बोकेका थिए । 
 

Last modified on 2017-12-16 15:11:20

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts