मोरङ सहकारी हस्पिटलले निकाल्यो महिलाको पेटबाट साढे सात किलोको ट्यूमर



Download our app to get more features

विराटनगर, २९ मंसिर । मोरङ सहकारी हस्पिटलले एक महिलाको पेटबाट साढे सात किलोको ट्यूमर निकालेको छ । सुनसरी बराह नगरपालिका–३ की ३० वर्षीया ईन्दिरा राईको पेटमा रहेको ट्यूमर हस्पिटलका चिकित्सहरूले शल्यक्रिया गरी निकालेका हुन् । 

स्त्रीतथा प्रसूति रोग बिशेषयज्ञ डा. बालकृष्ण साह र उनको समूहले राईको सफल सल्यक्रिया गरेका हुन । शल्यक्रिया पछि राईको थप उपचार भइरहेको अस्पतालले जनाएको छ । ‘शल्यक्रिया सफल भएको छ,’ उपचारमा संलग्न चिकित्सक डा. साहले भने, ‘आइतबार सम्म बिरामी पूर्ण रुपमा ठिक हुन्छिन ।’ राईको अवस्था अहिले सामान्य भएको र केही दिनमै अन्य मानिस सरह हिडडुल गर्न सक्ने हस्पिटलले जनाएको छ । 

‘एक बर्षदेखि पेट बढ्दै गएको थियो,’ बिरामी राईले भनिन्,‘गर्भ पो बसेछ की भन्ने डर थियो । हस्पिटलमा आएर परीक्षण गर्दा गर्भ देखिएन ।’ भिडियो एक्स रे गरेर हेर्दा सिष्टएडिनोमा देखिएको उनले बताइन । 
 

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts