चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो



Download our app to get more features

लहान, १ पुस ।  विगत केही दिनयता बढेको शीतलहर र चिसोका कारण अस्पतालमा बिरामीको चाप बढेको छ । 

मंसिरको अन्तिम साताबाट शुरु भएको चिसो क्रमशः बढ्दैै जाँदा जिल्लाको जनजीवन समेत प्रभावित भएका छन् । बाक्लो हुस्सु र चिसो हावाका कारण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् । 

सिरहा सदरमुकामस्थित जिल्ला अस्पताल, लहान अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निक्कै बढेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । 

दुधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनिया लगायतका प्रकोपबाट पीडित भएका छन् । पछिल्लो एक सातायता चिसो झनै बढेपछि सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन निक्कै पातलिएको छ भने सरकारी कार्यालयमा सेवाग्राहीको संख्या ह्वातै घटेको छ । 

उपचारका लागि अहिले दैनिक करिब २० देखि २५ जना अस्पतालमा आउने गरेको सिरहा जिल्ला अस्पालका मेसु डा चुमनलाल दासले जानकारी दिए । रासस
 

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts