नर्सिङ महाशाखालाई चिकित्सा विभागमा राख्ने निर्णय अमान्य: नेपाल नर्सिङ संघ



Download our app to get more features

काठमाडौँ, २ पुष । स्वास्थ्य मन्त्रालयले नर्सिङ महाशाखालाई चिकित्सा सेवा विभागमा राख्ने नयाँ संरचना सहितको प्रस्ताव गरेपछि नेपाल नर्सिङ संघले आज स्वास्थ मन्त्रालयमा बिरोध प्रदर्शन गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयले नयाँ संरचना अनुसार थपेको ३ वटा विभाग मध्ये चिकित्सा सेवा विभागमा नर्सिङ महाशाखालाई राख्ने निर्णयले नर्सिङ संघको अस्तित्व नै धरापमा परेको भन्दै बिरोधमा उत्रीएको नर्सिङ संघकी उपाध्यक्ष अप्सरा पाण्डेले जानाएकी छिन् ।

नेपालमा नर्सिङको लामो इतिहास भएकाले छुट्टै महाशाखा स्थापना गर्नु पर्ने माग नर्सिङ संघले राख्दै आएको छ । 

यसअघि मंसिर २२ गते सरकारद्वारा गठित उच्च स्तरीय समितिको बैठकले नर्सिङ महाशाखालाई स्वास्थ्य सेवा तथा जनशक्तिविकास महाशाखामा गाभ्ने तयारी पछि नर्सिङ संघ आन्दोलित बनेको थियो । तर, चुनावका कारण सरकारसँग वार्ता हुन नसक्दा आन्दोलन केही समयका लागि स्थगित गरेको थियो । 
 

यो पनि पढ्नुहोस्

नर्सिङ क्षेत्र जनशक्ति महाशाखामा गाभिदै, नर्सिङ संघको विरोध

नेपाल नर्सिङ संघ र सरकारबीचको वार्ता आज

नर्सिङ संघ र सरकारबीचको वार्ता नयाँ सरकार बनेपछि मात्र

Last modified on 2017-12-19 09:18:16

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts