यसकारण हुन्छ रक्तअल्पता 



Download our app to get more features

रक्तअल्पताबाट विश्वभर धेरै महिला पीडित हुने गरेका छन् । नेपाल जस्तो विकासोन्मुख देशमा त अझै रक्तअल्पताको तथ्यांक डरलाग्दो छ । रक्तअल्पताकै कारण धेरै नेपाली महिला अन्य रोगको शिकार समेत हुने गरेका छन् । रक्तअल्पता पुरुषलाई पनि हुने गर्छ । तर पुरुषको तुलानामा महिलामा बढी हुन्छ । रक्तअल्पताबाट जोगिन रक्तरोग विशेषज्ञ डा.निरजकुमार सिंहले दिएको सल्लाह यस्तो छ :–

रगतमा हेमोग्लोविनको मात्रा कम हुनुलाई रक्तअल्पता भनिन्छ ।  हेमोग्लोविनले नै शरीरको सबै अंगमा अक्सिजन पु¥याउने काम गर्छ । हेमोग्लोबिन राता रक्तकोषमा रहेको सबै भन्दा महत्वपूर्ण रक्ततत्व हो । श्वासप्रश्वासको क्रममा हामीले लिएको अक्सिजन फोक्सोमा पुगेपछि रगतकै माध्यमबाट शरीरका कोष कोषमा पुग्छ । शरीरमा अक्सिजन पुर्याएर तन्दुरुस्त राख्ने काम हेमोग्लोविनले नै गर्ने भएकाले हेमोग्लोविनको सन्तुलन शरीरमा अति आवश्यक छ । 

हुनत रगतमा हेमोग्लोविन,प्रोटिन र अक्सिजन मिलेको हुन्छ । यीनीहरुमा पनि हेमोग्लोविनको भूमिका अति महत्वपूर्ण रहेको हुन्छ । रगतमा आइरनको मात्रा कति हुुनुपर्छ भन्ने मानिसको उमेर,अवस्थामा भर पर्छ । सामान्यता प्रति एक सय मिलिलिटर रगतमा ११ ग्राम भन्दा कम हेमोग्लोविन हुनुलाई रक्तअल्पता भनिन्छ । 

यसकारण हुन्छ रक्तअल्पता
१.शरीरमा आवश्यता अनुसारको तत्वको कमी भएमा । जस्तंै (आइरन,फोलिक एसिड,भिटामिन बी १२,प्रोटिनको कमी)

२.धेरै रक्तश्राव भएमा ।(चोटपटक लागेर,दुर्घटनामा परेर वा अन्य कारणले बढी रगत बगेमा रक्त अल्पता हुन्छ)

३.पेटमा जुका परेमा । साथै बोनम्यारोको कमी, हेमोग्लोविनकै रोगहरु, मासिक महिनावारी आदि कारणले पनि रक्तअल्पता हुन्छ । 

४.ग्यास्ट्रिक लगाएतका औषधि नियमित औषधि सेवन गर्नु ।

शरीरमा आइरनको मात्र २ देखि ३ ग्रामसम्म बचत भएर बसेको हुन्छ । आवश्यकपर्ना साथ यो बचत भएको आइरनले काम गर्छ तर यो पनि सकिएपछि रक्तअल्पदा हुन्छ । रक्तअल्पदा विभिन्न कारण हुने गर्छ । तर,विशेषगरी आइरनको कमीले धेरैमा रक्तअल्पदा हुन्छ । 

रक्तअल्पताका लक्षण
—शरीरमा रगतको कमीहुनु ।
—श्वास फेर्न अप्ठयारो हुनु ।
—बिस्तारै कमजोर हुँदै जानु ।
—मुखमा घाउहरू आउनु ।
—शरीरको वृद्धि,विकासमा बाधा पुग्ने । 

रक्त अल्पता हुन नदिनयसो गर्ने 
—पोषणयुक्त आइरन भएका खाना खाने ।
—सागपात धेरै पकाएर नखाने ।
—विभिन्न रोगले रगतबग्ने गरेको छ भने, त्यसको उपचार गर्ने ।
—बढी रगत गएमा महिनावारीमा बेलामा आवश्यक परे आइरन चक्की खाने । 
—गर्भवती अवस्थामा साबिकको भन्दा बढी आइरन युक्त खानाखानुको साथै आइरन चक्की फोलिक एसिडको चिकित्सकको सल्लाह बमोजिम नियमित प्रयोग गर्ने । 

 

(सर्मिला थापाकाे प्रस्तुती)

Last modified on 2018-11-23 17:22:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts