भारत रावतले नेपाल आएर दिए स्वस्थ मुटुसम्बन्धी सुझाव



Download our app to get more features

काठमाडौं,४ पुष । नेपाल भारत मैत्री समाज र वयोधा अस्पतालको संयुक्त आयोजनामा वरिष्ठ कार्डियोलोजिस्ट डा. भारत रावतले स्वस्थ मुटुबारेमा बहस कार्यक्रम गरेका छन् ।  
विभिन्न स्वास्थ्यकर्मी, चिकित्सक र नर्सहरुको सहभागीतामा सोमवार साँझ राजधानीमा मुटुरोगको बारेमा बहस कार्यक्रम भएको थियो । 

अहिलेको समाजमा बल्झिदो मुटुको समस्या तथा कसरी मुटुलाई स्वस्थ राख्ने भन्ने विषयमा कार्यक्रममा छलफल भएको थियो ।  

मुटुरोगबाट बच्ने कला
विकासोन्मुख मुलुकमा मुटुरोग प्रमुख समस्याका रुपमा देखिएको भन्दै डा. रावतले कार्यक्रममा सहभागीलाई समयमै सचेत रहन आग्रह गरेका थिए । खानपिनमा ध्यान नदिनु, आलस्य जीवनशैलीका कारण हृदयघात हुने खतरा रहेको उनले बताए ।  तनावपूर्ण जीवनशैलीका कारण पनि मुटुमा समस्या आउने भन्दै उनले शान्ति पूर्वक जीवन बाँच्ने कला सबैले सिक्नुपर्ने बताए ।   
 

लामो समय नेपालको नर्भिक इन्टरनेशनल हस्पिटलमा कार्डियोलिस्टका रुपमा कार्यरत डा. रावत हाल भारतको मेदान्त अस्पतालमा सहायक निर्देशकका रुपमा कार्यरत छन् । 

Last modified on 2018-03-27 04:39:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts