रेबिजका कारण वृद्धको मृत्युपछि जनावर र मानिसलाई खोप



Download our app to get more features

कञ्चनपुर, ४ पुस । साताअघि उपचारका लागि महाकाली अञ्चल अस्पताल पु¥याइएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० वञ्जरियाका ६८ वर्षीय फूलराम चौधरीको रेबिजका कारण मृत्यु भएपछि त्यस क्षेत्रका जनाबरदेखि मानिसलाई एन्टिरेबिज भ्याक्सिन लगाउन थालिएको छ ।

अस्पताल पु¥याइएका ती वृद्धको रेबिजको संक्रमणका कारण मृत्यु भएको चिकित्सकले पुष्टी गरेपछि परिवारका सबै सदस्यले एन्टिरेबिज भ्याक्सिन लगाउन थालेका हुन् ।रेबिजको संक्रमण हुनाका कारण नखुलेपनि घरमै पालिएको कुकुरबाट रेबिजको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।

शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुखसहितको टोलीले रेबिज भएका परिवारसँगको भेटपछि जनावर र परिवारका सदस्यलाई एन्टिरेबिज भ्याक्सिन निःशुल्क लगाउने व्यवस्था गरेको छ ।परिवार र छिमेकी गरी दशजनालाई महाकाली अञ्चल अस्पतालमा एन्टिरेबिज भ्याक्सिन लगाउने कार्य भइरहेको नगर प्रमुख दिलबहादुर ऐरले बताए ।

पशु शाखा कार्यालयका पशु विकास अधिकृत तारादत्त अवस्थीले उक्त घरका परिवार, घर पालुवा जनाबर र सो क्षेत्र वरिपरि भ्याक्सिन लगाउन छुटेका घरपालुवा र भुस्याहा कुकुरलाई पनि भ्याक्सिन लगाउने कार्य भइरहेको बताए । रेबिजको संक्रमणपछि यस क्षेत्रका बासिन्दा त्रस्त भएका छन् ।(रासस)

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts