छारे रोगकै कारण विवाह नभएकी चेलीको व्यथा

What's This?


Download our app to get more features

काठमाडौं, ५ पुष । उमेर पुगेकी छोरीलाई विवाह गरेर पठाउने हरेक आमाबाबुको चाहना हुन्छ । छोरीको विवाह गरिदिने चाहना हुँदाहुँदै पनि छोरीको स्वास्थ्यले साथ नदिँदा अभिभावकको मनमा चिसो पस्छ । यस्तै घटना भएको छ गुल्मी वीरबासको एक परिवारमा । 

गुल्मी वीरबासकी सरस्वती सापकोटा (नाम परिवर्तन) २४ बर्षकी भइन । उनी सापकोटा परिवारको माइली छोरी हुन् । उनको दिदी र बहिनीको विवाह भइसक्यो । सरस्वतीको पनि विवाह गरिदिन परिवारले नखोजेको होइन । तर, उनमा देखिएको स्वास्थ्य समस्याको कारण विवाह गर्न कोही तयार भएनन् । 

सरस्वती ६ बर्षदेखि छारेरोगबाट पीडित छिन् । एसएलसी सक्याएर प्लस टु पढ्दै गरेकी सरस्वतीले छारे रोगकै कारण पढाई समेत छोड्नुपर्यो । यही रोगका कारण उनको पढाई मात्रै छुटेको होइन विवाह समेत रोकिएको छ । 
प्लस टु पढ्दै गर्दा छारेरोग देखिएपछि सरस्वतीले कलेज जान छाडेकी थिइन् । कक्षाकोठामै बेहोश भएर ढल्न थालेपछि उनले पढ्न छोडेकी हुन । ‘लाज मानेर दिदी स्कूल जानु भएन ।’ सरस्वतीका भाइले भने ‘पहिला त केही थिएन तर, ६ बर्षअघि अचानक दिदीको आँखामा समस्या देखियो । उनका भाई सनम सापकोटाले सुरुसुरुमा दिदीलाई आँखामा झिमझिम हुने र रिंगटा लाग्ने समस्या देखिएको बताए ।

रोगकै कारण उनलाई परिवारले जहाँ जाँदा पनि एक्लै छोड्ने गरेको थिएन् । ‘एक्लै छाड्दा कतिखेर, कहाँ के हुन्छ भन्ने थाहा हुँदैन । त्यसैले हामीले दिदीलाई बाहिर एक्लै जान दिएनौ ।’ सनमले भने । उपचारकै क्रममा भैरहवास्थित एक अस्पतालका चिकित्सकको भनाइ अनुसार चार बर्षदेखि औषधि सेवन गरे पनि निको नभएको सरस्वतीको भाइले बताए । 

चार बर्षपछि फेरि चिकित्सकसँग जाँच गराउँदा थप तीन बर्षको लागि औषधि सेवन गर्नुपर्ने बताएका थिए । बर्षौसम्म औषधोपचार गर्दा पनि निको नभएपछि परिवारले उपचारको लागि सरस्वतीलाई काठमाडौं ल्याएका छन् ।

डा. बसन्त पन्तको टोलीले उपचार गर्दै
काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा सरस्वतीको मंगलबार सल्यक्रिया भएको छ । वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तसहितको टोलीले उनको उपचार गरिरहेको छ । डा. पन्तले यसअघि छारेरोग लागेका ८० जनाको सफल सल्यक्रिया गरिसकेका छन् । 

मस्तिष्कमा रहेको नशामा तरंगको प्रवाह चाहिने भन्दा बढी भए छारे रोग लाग्ने र त्यसबाट असामान्य स्थिति पैदा हुने डा. पन्तको भनाइ छ । सरस्वतीको आँखामा समस्या भएर छारेरोग भएका कारण त्यस सम्बन्धित अंगमा अपरेशन गरिएको उने बताए । औषधि उपचारबाट सम्भव नहुने छारेरोगका बिरामीलाई शल्यक्रिया गरेपछि पूर्ण निको हुने उनको भनाइ छ । यस्ता शल्यक्रियाबाट छारेरोग ९० प्रतिशत ठिक हुने उनले बताए । 
शल्यक्रिया गरेको तीन महिनासम्म दृष्टिमा केही समस्या भए पनि त्यसपछि बिरामी सामान्य अवस्थामा फर्कने डा. पन्त बताउँछन् । 

एकबर्ष अघि पोखराकी ३२ बर्षीया युवतीको पनि छारेरोगको शल्यक्रिया गरेको डा. पन्तले सम्भिए । उनले समयमै छारेरोगको उपचार गरे कुनै पनि बाबुआमाले छोराछोरीको विवाह नहुने होकी भन्ने चिन्ता लिनु नपर्ने बताए । 
छारेरोगको उपचारपछि सरस्वतीको विवाह गरिदिने परिवारको सोच छ । उनका भाई भन्छन्, ‘दिदीको राम्रो उपचारपछि विवाह होला सायद ।’ 

(अन्नपूर्ण न्यूरो अस्पतालमा शल्यक्रिया गरिरहेकी युवतीको भाइसँगको कुराकानीमा आधारित । बिरामी र उनका भाइको नाम परिवर्तन गरिएको छ । )


 

Last modified on 2017-12-21 10:01:59

  1. Ashok Maharjan

    हाम्रो डक्टर न्यूजका मल्टिमिडिया सम्वाददाता महर्जन स्वास्थ्य बीटका विभिन्न आयाममा फिचर लेख्छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts